चार देशबाट भारत आउने नेपाली नागरिकले अब भारतको ‘भिसा’ लिनुपर्ने
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १७:१९:२०
काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दुतावासले चार देशबाट भारत आउने नेपाली नागरिकलाई भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।
दुतावासद्वारा जारी विज्ञप्तिअनुसार चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले अनिवार्य भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको हो ।
नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नलाग्ने प्रावधान छ ।
तर भारतले हालै नयाँ नियम लागू गर्दै ती ४ देश हुँदै भारत आउने नेपालीलाई भने अनिवार्य भारतको भिसा ‘प्रवेशाज्ञा’ लिनुपर्ने प्रावधान राखिएको छ ।
त्यस्तै, भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकले दूतावासबाट नो अब्जेक्सन लेटर लैजानुपर्ने पनि उल्लेख गरिएको छ ।
नो अब्जेक्सन लेटरका लागि ती देशमा जानुपर्ने कारणसहितको निवेदन, पासपोर्ट, भिसा र टिकट, श्रम स्वीकृति, यसअघिको यात्रा अभिलेख, अन्य आवश्यक कागजातहरुसमेत पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार