दुई तिहाईको सरकार तासको घर झैं गल्र्याम्गुर्लुम हुनेछ ?
इन्द्र रिजाल
असार ८, २०७६ सोमबार १:१०:४६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई समर्थन प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकार नागरिक हक अधिकार कुण्ठित पार्न कस्सिएको छ । गएको डेढ बर्षको अवधिमा ओली नेतृत्वको सरकारले अख्तियार गरेको नीति र अपनाएको कार्यशैली हेर्ने हो भने त्यही निश्कर्ष निकाल्न बाध्य हुनुपर्छ ।
सूचना प्रविधि विधेयकमार्फत उनी सामाजिक सञ्जाललाई पनि आफ्नो भजनमण्डली बनाउन चाहन्छन् । त्यसैले विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने , धम्क्याउने, होच्याउने, हतोत्साही गर्ने , हप्काउने गरी कुनै कुरा लेखे पाँच वर्ष कैद वा १५ लाख जरिवाना वा दुबै सजाय गर्न सकिने व्यवस्था गर्न लागेका छन् । यो विधेयक पास भयो भने नागरिकको अभिव्यक्ति स्वतन्त्रता पूर्णतः नियन्त्रित हुने छ ।
चिकित्सा शास्त्र अध्ययनलाई सहज , सरल र सबैको पहँुचमा पु¥याउन डा. गोविन्द केसीले थालेको आन्दोलन तुहाउन ओली सरकार खुलेरै लाग्यो । कारण थियो– जसरी भएपनि पार्टीका नेता तथा चिकित्सा माफिया र दलालको लगानी रहेको मनमोहन अस्पताललाई सम्बन्धन दिनु । लगत्तै ओली सरकार नागरिक हक अधिकार कुण्ठित पार्न विभिन्न ऐन कानून तर्जुमा गर्न लाग्यो । यस प्रयोजनका लागि ल्याइएका हरेक विधेयक नागरिकलाई सास्ती दिने खालका ठहरिए । चाहे त्यो चिकित्सा विधेयक होस् वा मानव अधिकार विधेयक नै किन नहोस् प्रतिगामी चरित्रका छन् । प्रस्तावित आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकले पत्रकारको हात र कलम नै बन्द गरिदिने प्रावधान लिएर आएको छ ।
यस्तै सूचना प्रविधि विधेयक र विज्ञापनसम्वन्धी विधेयकले त अझै कडा प्रावधानसहित आमनागरिकलाई बोल्न लेख्नै नदिने अवस्था निर्माण गरिरहेको छ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले गत शुक्रबार विकास समिति वैठकमा सूचना प्रविधि विधेयक तुरन्तै पास गर्न मरिहत्ते गरे । आफ्नो भनाई पुष्टी गर्न उनले सामाजिक सञ्जालमा आएको एउटा सामग्रीलाई हतियार बनाउन खोजे । राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर पोष्ट गरिएको एउटा सन्दर्भलाई उनले सार्वजनिक गरे । त्यसपछि त थाहा नपाएका सबै नागरिकलाई त्यो विषय जानकारीमा आयो । प्रसंग मदन भण्डारीको हत्यारा पत्ता नलाग्नुसँग जोडिएको थियो । पटक पटक सत्तामा पुगेको एमालेले मदनको हत्यारा पत्ता नलगाउनु वा चासो नदिनु धेरैको जिज्ञासाको विषय हो । यसबारे सडकमा थरि थरिका चर्चा परिचर्चा हुने गरेका हुन् । यही प्रसंगलाई कसैले सामाजिक सञ्जालमा राख्यो । त्यो ओलीलाई सैह्य भएन ।
आखिर सडकमा उठिसकेको विषय कसैले सामाजिक सञ्जालमा राख्यो भन्दैमा पाँच वर्ष कैद र १५ लाख जरिवाना गर्ने भन्ने कुरा लोकतन्त्रमा कत्तिको जायज हो ? प्रश्न गम्भिर छ । हिजो रानी ऐश्वर्यलाई पम्फादेवी भन्ने र श्रीपेच फुकाएर राजनीति गर्न आउ भनेर वीरेन्द्रलाई चुनौती दिने त ओलीहरु नै हैनन् र ? आफूले गर्दा ठीक अरुले गर्दा गलत भन्ने मापदण्ड आफैंमा दोषी छ । यही लेख्न र पढ्नका लागि नेपाली जनताले पटक पटक आन्दोलन गरेका हुन् । ओलीले त्यो यथार्थ यत्ति चाँडै विर्सन मिल्दैन ।
सामाजिक सञ्जाल भनेको सबैको पहुँचमा भएको मञ्च हो । त्यहाँ आफूलाई लागेको कुरा मर्यादित वा शिष्ट भाषामा राख्न समेत अब नपाउने अवस्था आउन लागेको छ । विधेयक पास भयो भने न त पत्रकारले केही लेख्न वा भन्न पाउँछ न सर्वसाधारणले आफ्नोे टिप्पणी सार्वजनिक गर्न पाउने भयो । सरकारलाई प्रिय लाग्ने विषय मात्र मिडियामा आउने छ । त्यसले आम जनतालाई राणाकालिन युगमा फर्काउने दुष्प्रयास गरिएको छ ।
सूचना प्रविधि विधेयकमार्फत उनी सामाजिक सञ्जाललाई पनि आफ्नो भजनमण्डली बनाउन चाहन्छन् । त्यसैले विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने , धम्क्याउने, होच्याउने, हतोत्साही गर्ने , हप्काउने गरी कुनै कुरा लेखे पाँच वर्ष कैद वा १५ लाख जरिवाना वा दुबै सजाय गर्न सकिने व्यवस्था गर्न लागेका छन् । यो विधेयक पास भयो भने नागरिकको अभिव्यक्ति स्वतन्त्रता पूर्णतः नियन्त्रित हुने छ ।
ओली सरकार मिडियाप्रति यति धेरै असहिष्णु र अराजक भइसक्दा समेत पत्रकारहरुको छाता संगठनको विरोध प्रभावकारी बन्न सकिरहेको छैन । गुठी विधेयक दर्ता हुने वित्तिकै उपत्यकाका नेवार समुदायले देखाएको ऐक्यवद्धता र दवाबका सामु ओली घुँडा टेक्न बाध्य भए । तर पत्रकार भने एकजुट हुन सकेको देखिएन । अहिले पत्रकार महासंघ नेतृत्वमा रहेको पूर्व माओवादी र नेपाली कांग्रेस समर्थक पत्रकार मात्र सडक आन्दोलनमा छन् । पूर्व एमाले निकट र माओवादीकै बालद समूहका पत्रकार भने खुलेर विरोधमा ओर्लन सकिरहेका छैनन् । त्यसले गर्दा नै आन्दोलन प्रभावकारी बन्न नसकेको हो । तर यो पत्रकारको मात्र चासोको विषय रहेन ।
जहाँ ओलीले पूर्व माओवादीको पहिचान नै नामेट गर्ने खेल खेलेको निश्कर्ष निकालियो । हरेक ठाउँमा पूर्व माओवादी नेताहरु फसेको गुनासो गरे सहभागी नेताहरुले । उक्त भेलामा रामबहादुर थापा बालद पक्षधर भने उपस्थित थिएन । साथै , अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा समेत निचोड निकाल्न सकेनन् । तर आफ्नो अडान भने नछाड्ने र पूर्व सहमति पालना गराएरै छाड्ने पक्षमा प्रचण्ड रहेका छन् । यो विवादले आज नभए भोलि नेकपामा विभाजन आउने निश्चित छ ।
आम नागरिकको सूचनाको हक र सुसूचित हुन पाउने मौलिक अधिकारमाथि नै प्रहार हुन लागेको छ । सामाजिक सञ्जाल भनेको सबैको पहुँचमा भएको मञ्च हो । त्यहाँ आफूलाई लागेको कुरा मर्यादित वा शिष्ट भाषामा राख्न समेत अब नपाउने अवस्था आउन लागेको छ । विधेयक पास भयो भने न त पत्रकारले केही लेख्न वा भन्न पाउँछ न सर्वसाधारणले आफ्नोे टिप्पणी सार्वजनिक गर्न पाउने भयो । सरकारलाई प्रिय लाग्ने विषय मात्र मिडियामा आउने छ । त्यसले आम जनतालाई राणाकालिन युगमा फर्काउने दुष्प्रयास गरिएको छ ।
अब नागरिक तहबाटै सडक तताउनुपर्ने अवस्था निर्माण हुन लागेको छ । पेशागत संघ संघठन र मानव अधिकारकर्मी पनि सडकमा ओर्लनुपर्ने भएको छ । निरंकुशता विरुद्ध सधैं सडक संघर्षमा आउने नेपाली जनताको मौलिक चरित्र नै हो । एकपटक फेरि ज्ञानेन्द्रको शासनकाल जस्तै समाजका हरेक बर्ग, तह र तप्का सडकमा ओर्लेर ओलीको सर्वसत्तावाद र अधिनायकवादी चरित्रको अवसान गर्न जरुरी छ । पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान पार्टी भित्रै सुरु भइसकेको छ ।
माओवादीसँगको एकीकरण प्रकृयाले एउटा आकार लिन नै नसकिरहेको बेला फुटको स्थिति तयार भएको छ । पूर्व एमाले र माओवादी पक्षबीच फेरि राजनीतिक दस्ताबेजको विषयमा रस्साकस्सी सुरु भइसकेको छ । यो अवस्था रही रहँदा निकट भविष्यमा नै नजुटिकनै नेपाल कम्युनिष्ट पार्टी फुट्ने छ । नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार तासको घर झैं गल्र्याम्गुर्लुम हुने छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओली र अर्का नाम मात्रका अध्यक्ष प्रचण्डबीच सैद्धान्तिक पक्षमै कुरा बाझिएको छ ।
गएको वर्ष दुई पार्टीबीच एकता हुँदा जनताको जनवादलाई आधिकारिक सिद्धान्त मान्ने सहमति भएपनि अहिले ओलीले जनताको बहुदलीय जनवाद नै राख्ने भनेका छन् । यसले नयाँ रुप लिएको छ । वरिष्ठ नेताको हैसियतमा रहेका माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको पछिल्लो कार्यदलले पार्टीको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवाद नै रहनुपर्ने किटान छ ।
गएको शनिवार पार्टी कार्यालयमा बुझाइएको कार्यदलको रिर्पाेटले यस्तो सिफारिश गरेपछि पूर्व माओवादी नेता झस्किएका छन् । गएको एक वर्ष यो विषयमा कुनै छलफल वा बहस भएन । एकाएक ओलीले यो विषयको उठान गरेपछि खैलाबैला मच्चिएको छ । प्रचण्डले धेरै विषयमा बखेडा झिकेकाले ओली पक्षबाट यो रणनीति अख्तियार गरेको बुझ्न सकिन्छ । केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनसंगठनहरुको एकताको सन्दर्भमा धेरै कचकच गर्न थालेको तथा बेला बेला सत्ता साझेदारीबारे विवाद झिकेकाले विषयान्तर गर्न ओलीले यो गोटी चालेका हुन् ।
र यो पनि हेर्नुहोस् …. माधव नेपालको नेतृत्वमा ने क पा टुक्रिँदै छ ?
गत शुक्रबार ओली र प्रचण्डबीचको भेटमा ओलीले प्रष्ट भने– अब दायाँबायाँ नगरी राजनीतिक दस्ताबेजका रुपमा जनताको बहुदलीय जनवाद नै राखौं , मलाई साथीहरुको ठूलो दवाव छ । गत वर्ष पार्टी एकता हुँदा नै टुंगिसकेको यो विषयमा फेरि विवाद गर्नु भनेको पूर्व एमालेको सामन्ती संस्कार हो भन्ने बुझाई प्रचण्डहरुको रहेको छ । छलफलमा प्रचण्डले यो अस्वीकार्य हुने जनाउ ओलीलाई तत्कालै दिएका हुन् ।
त्यसको प्रतिक्रिया स्वरुप प्रचण्डले पूर्व माओवादी नेताहरुलाई आफ्नो निवास खुमलटारमा बोलाएर समीक्षा गरे । जहाँ ओलीले पूर्व माओवादीको पहिचान नै नामेट गर्ने खेल खेलेको निश्कर्ष निकालियो । हरेक ठाउँमा पूर्व माओवादी नेताहरु फसेको गुनासो गरे सहभागी नेताहरुले । उक्त भेलामा रामबहादुर थापा बालद पक्षधर भने उपस्थित थिएन । साथै , अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा समेत निचोड निकाल्न सकेनन् । तर आफ्नो अडान भने नछाड्ने र पूर्व सहमति पालना गराएरै छाड्ने पक्षमा प्रचण्ड रहेका छन् । यो विवादले आज नभए भोलि नेकपामा विभाजन आउने निश्चित छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार