प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा वर्गमा अवसर र उत्साह
इन्द्र रिजाल
असार ९, २०७६ सोमबार १४:३१:२
बनेपा । दश वर्ष मलेसियामा काम गरी फर्किएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन्।
मलेसियामा श्रम गरेर फर्किएका उनले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य भएका थिए । हाल उनी नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त भएका छन् ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अभियान सञ्चालन गरेपछि उनी नगरपालिकामा सञ्चालन भएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ अन्तर्गत सो काममा खटिएका हुन्।
“विदेशमा गएर ५० किलोको बोरा पनि तान्नुपथ्र्यो, ३०० किलोको ड्रम पनि गुडाउनु पथ्र्यौ, अहिले यस्तो कामले हाम्रो लागि सहज त छ तर त्यसलाई निरन्तरता दिएमा झनै राम्रो हुनेथ्यो ।”, तामाङले भने, “विदेशमा भन्दा आफ्नो परिवारसँगै बसेर काम गर्न पाउने अवसर र वातावरण सरकारले गरिदिन आवश्यक छ ।”
अर्का स्थानीयवासी रामबहादुर गुरुङले श्रम गर्नेका लागि कार्यक्रम राम्रो भए पनि आम युवावर्गको लागि आकर्षणको क्षेत्र नदेखिएकाले त्यसलाई अलि परिमार्जन गरेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । “हामी त जे काम गर्न पनि तयार छौँ, तर पछिल्ला समयका युवा पढेर कि जागिर नै खाने कि त विदेश नै जाने भन्ने उनीहरुको लक्ष्य नै हुने भएकाले त्यस्तालाई पनि यही काम गरेर केही गर्न सकिन्छ भन्ने खालको कार्यक्रम पनि ल्याउन आवश्यक छ ।” उनले भने ।
उता बेथानचोक गाउँपालिका–४ पार्थलीका अनु श्रेष्ठले आफ्नो गाउँको विकासको लागि सबै साथीहरु मिलेर काम गर्न पाउँदा खुशी लागेको बताए । कक्षा १२ को परीक्षा सकाएर बसेका उनी काम गरेर पैसा पनि पाउने र विकास पनि हुने भएकाले श्रम गर्नुपर्दा पनि निकै खुशी भएको बताउछन् ।
अर्का स्थानीयवासी निलम श्रेष्ठले आफ्नै गाउँठाउँमा भएको पर्यटकीय क्षेत्रको विकासको काममा सहभागी हुन पाउँदा काम पनि हुने र रोजगार पनि मिल्ने भएकाले आफूलाई उत्साहित बनाएको बताए । एसएलसी पास गरी गाउँमा खेतीपातीको काम गर्दै आएका उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँको पर्यटकीय गुम्बुडाँडामा जाने सिंढी निर्माणको काम पाएका छन् ।
जिल्लाको पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा सो अभियान सञ्चालन भइरहेको छ । बेरोजगार मान्छेलाई छोटो अवधिको लागि रोजगार प्रदान गर्ने गरी सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत स्थानीय तहले असार मसान्तभित्रमा सकाउने गरी रोजगारमा लगाउने अभियान सञ्चालन भइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा ६० जना, बेथानचोक गाउँपालिका वडा नं ४ मा १६ जना र नमोबुद्ध नगरपालिकामा ८० जनाले श्रममा आधारित रोजगार कार्यक्रममा सहभागिता जनाइरहेको छन् ।
जसअन्तर्गत मण्डनदेउपुर नगरपालिकाले तोकिएको मापदण्ड अनुसारको सडकको सीमाङ्कन तथा मर्मत, विद्यालय परिसरको काम, सिँचाइ र खानेपानी मुहान मर्मतलगायतका काममा लगाइने जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
आज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार