एक नेपाली हत्या गर्ने साइप्रसका सैन्य अधिकृत निकोसलाई १७५ वर्षको कारावास
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १८:२८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/karawas_iVa47jLHV4.jpg)
काठमाडौं । एक नेपालीसहित पाँच विदेशी र दुई बालिकाको हत्या गरेको अभियोगमा साइप्रसका सैन्य अधिकृत ३५ वर्षीय निकोस मेटाक्सासलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ।
यो सजाय १७५ वर्षको हुन्छ । साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ। ग्रिसेली मूलका उनले हत्या गरेकी नेपाली महिला अस्मिता खड्का विष्ट रहेको र दुई बच्चा छ देखि आठ वर्षका भित्रका रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरुको हत्या घटना गत वर्ष भएको थियो ।
नियतवश हत्या गरेको आरोप लागेका उनले अदालतले फैसला सुनाउनुभन्दा अघि नै हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए। उनले यो घटनाले आफूलाई धेरै विच्छिप्त बनाएको भन्दै अदालतमा आँसु बगाउँदै पीडितका परिवारसँग माफी मागेका थिए। उनले भनेका थिए ‘मैले किन यस्तो ‘घृणित अपराध’ गरेँ भन्ने आफैंलाई नै थाहा छैन ।’
साइप्रसको आधुनिक इतिहासमा भएको पहिलो ‘सिरियल किलिङ’को घटनाले पूर्वी भूमध्यसागरमा अवस्थित सो टापुराष्ट्र स्तब्ध भएको छ। सेनाका क्याप्टेन उनी अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो।
फैसलामा सेनाका पूर्वक्याप्टेनलाई २५ वर्षका सातवटा कारावासको सजाय सुनाइएको थियो। तीन न्यायाधीशको संयुक्त इजलासले मेटाक्साले ‘प्रतिरक्षा गर्न नसक्ने कमजोर महिलाहरूको हत्याको अभियान चलाएको’ बताएका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार