सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार १६:१५:४९
लहान । सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ । रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो ।
सिरहामा यस वर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार ७५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए।
कूल पाँच हजार ७५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष पाँच हजार १७० हजार हेक्टरमा प्रतिहेक्टर चार दशमलव पाँच प्रतिशतका दरले २३ हजार २६५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यस्तै सप्तरीमा समेत यस वर्ष आँप उत्पादन ह्वात्तै घटेको छ । यहाँ कूल पाँच हजार हेक्टरमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप उत्पादन भएको यादव बताउछन् ।
गत वर्ष सप्तरीमा प्रतिहेक्टर आठ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन् ।
आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिनापानी र मधुवा किराले क्षति पु¥याएको बागवानी अधिकृत यादवले बताए । सिरहा र सप्तरीको बजारमा माल्दा आँप प्रतिकिलो रु १००, बम्बई आँप रु १२०, सरही आँप रु ८० तथा अन्य आँप प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ ।
गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको थियो । शुरुआतमै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार