अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग २
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार १५, २०७६ सोमबार २:४१:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/English-learning_lgVZa2HHGO.jpg)
११. आफ्नो परिक्षा लिने योजना बनाउनुहोस् । तपाईंलाई थाहा हुन्छ तपाईंले केही विशेष उद्देश्यको लागि पढ्नु पर्दा बढी मिहेनत गर्नुहुनेछ ।
१२. तपाईंले पढ्ने परिक्षाको लागि मात्रै होइन । आफ्नो बारेमा दिगो र फराकिलो तस्विर बनाउनुहोस् । जस्तै तपाईंको अंग्रेजी उत्कृष्ट भयो भने तपाईं के गर्न सक्नुहुन्छ ? अंग्रेजीमा उत्कृष्टता र दख्खल हाँसिल गर्नुभयो भने तपाईंको जीवनस्तरमा के सुधार हुन्छ ?
१३. तपाईंले आफ्नो जिन्दगीको दीर्घकालिन लक्ष्य बनाउनुस् र त्यसमा केन्द्रित र समर्पित भएर लाग्नुस् ।
१४. आफ्नो जिन्दगीको अल्पकालिन लक्ष्यहरु पनि निर्धारण गर्नुहोस् । ति प्रत्यक उपलब्धिहरु हाँसिल भएपछि आफैँलाई धन्यवाद र पुरस्कार दिनुहोस् ।
१५. तपाईंले सिक्न चाहने वातावरण सृजना गर्नुहोस् । बाध्यताले होइन रहरले सिक्नुहोस् । यसो गर्दा तपाईले धेरै र छिटो सिक्नुहुनेछ ।
१६. तपाईंको लागि सिक्ने कुन तरिका उत्कृष्ठ हो थाहा पाउनुहोस् । तपाईंले विगतमा कुन तरिका र विधिहरु प्रयोग गरेर सिक्दा सफल र प्रभावकारी भएको थियो याद गर्नुहोस् र तिनैकुरामा लगाबका साथ लाग्नुहोस् ।
१७. आफ्नो पढ्ने र सिक्ने तरिका पत्ता लगाउनुहोस् । जस्तै घोकेर, बोलेर, सारंश लेखेर, ठुलो स्वरले पढेर वा अन्य तरिकाहरु । पत्ता लगाउनुस् कि तपाईंले पढ्ने र सिक्ने सर्वोत्कृष्ट तरिका कुन हो ? उदाहरणको लागि तपाईं शान्त ठाउँमा एक्लै पढेर सिक्ने खालको व्यक्ति हो ? वा समुहमा साथिहरुसँगै पढ्न रुचाउने व्यक्ति हो ?
१८. यदि तपाईंले केही कुरा बुझ्नुभएन भने अरु कसैसँग सोध्नुहोस् । आफ्नो शिक्षक, कक्षाका साथीहरु अथवा अन्य साथीहरुसँग सहयोग माग्नुहोस् ।
१९. दोहो¥याउनुस्, दोहो¥याउनुस, दोहो¥याउनुस (समिक्षा) यो निश्चित गर्नुहोस् कि तपाईंले विगतमा सिकेका कुराहरु याद गर्न वा दोहो¥याउन एउटा निश्चित समय छुट्याउनु भएको छ ।
२०. तपाईं एकै ठाउँमा बसेर ३० मिनेट भन्दा बढी पढ्ने वा सिक्ने काम नगर्नुहोस् । हरेक आधा घण्टामा केही समय आराम गर्ने, ताजा हावा खाने र गोडाहरुलाई तन्काउने काम गर्नुहोस् ।
हिलारि हेस्टर, अंग्रेजी भाषा शिक्षक, अष्ट्रेलिया । अनुवादक : सन्तोष खड्का
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार