अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः २१ घन्टै सञ्चालनमा
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १९:२५:५८
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार आजबाट पुन: २१ घन्टानै सञ्चालन हुने भएको छ। रन–वे ‘धावनमार्ग’ मर्मतका कारण चैत १८ गतेदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो ।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको मर्मत शुरु गरिएको थियो ।
तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।धवानमार्ग मर्मतको काम सुरु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले दैनिक १० घन्टा विमानस्थल बन्द गर्दै आएको थियो।
रन–वे पिच परिवर्तनको काम सुरु हुनभन्दा अगाडि विमानस्थल दैनिक बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले धावनमार्ग मर्मत ९० दिनमै सम्पन्न गर्यो । उक्त कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो ।
धवनमार्गको पिचमा खराबी देखिएपछि प्राधिकरणले सन् २०१५ मै रन–वेको पिच परिर्वतन परियोजनको थालनी गरेको थियो। तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा आएर मात्रै सुरु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
नारायणगढदेखि मुग्लिन हुँदै नागढुंगा सडकमा भोली बिहान ५ बजेसम्म सवारी चलाउन रोक
असोज १२, २०८१ शनिबार
काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार