काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न त्रिपक्षीय सम्झौता
इन्द्र रिजाल
असार १६, २०७६ मंगलबार २:५०:३९
काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता भएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।
ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उहाले रात्रीबस चलाउनका लागी महानगरले समन्वय गर्ने बताए ।साझाका साथै नीजि क्षेत्रबाट रात्रीबस चलाउनका लागी छलफल भइरहेको उनको भनाई छ ।
कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।बसहरुले सोमबारबाटै सेवा शुभारम्भ गरेका छन् । नयाँ बसमध्ये ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन् भने अरु ६ वटा बसले नयाँबसपार्क–कमल विनायक रुटमा सेवा दिनेछन् ।
अरु ८ ओटा बस भने नयाँ बसपार्क–लगनखेल हुँदै सोही बाटो फर्किने छन् । राजधानी बाहिर सेवा दिइरहेका ४ वटा बसमा भने काठमाडौं– बागलुङ र काठमाडौं–भैरहवा छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपघुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
जेठ ३, २०८१ बिहिबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार