अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ४
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार २०:५६:३४
३१. उपसर्ग र प्रत्येय सिक्नुहोस -Learn prefixes (dis-, un-, re-) and suffixes (-ly, -ment, -ful) यसले तपाईंलाई शब्दको अर्थ बुझ्न र शब्द भण्डार वृद्धी गर्न वा बढाउन मद्दत गर्छ ।
३२ तपाईं जहाँ–जहाँ पाउनुहन्छ वा सक्नुहुन्छ अंग्रेजी प्रयोग गर्नुहोस् । यो साधारण कुरा हो ।
३३. तपाईंको मातृभाषाबाट अंग्रेजीमा अनुवाद नगर्नुहोस् । तपाईंको अंग्रेजीको गतीलाई बढाउन अंग्रेजीमा नै सोच्ने गर्नुहोस् । तपाईं आफैसँग अंग्रेजीमा कुरा गर्नुहोस् । तर सार्वजनीक ठाउँ वा बसमा होइन नत्र मानिसहरुले तपाईको दिमागी सन्तुलनमा प्रश्न गर्न सक्छन् ।
३४. तपाईं किताब पढेरमात्रै अंग्रेजी सिक्न सक्नुहुने छैन । कार हाँकेजस्तै अभ्यास गरेर मात्रै सिक्न सक्नुहुन्छ ।
३५. व्याकरण सिक्ने सबैभन्दा सरल र स्वभाविक तरिका भनेको बोल्नु हो ।
३६. एउटा अंग्रेजी दैनिकी वा लेखन पुस्तिका बनाउनुहोस् । सुरुवातमा हरेकदिन केही वाक्यहरु लेख्ने गर्नुहोस् । त्यसपछि विस्तारै अझ धेरै लेख्ने बानी बढाउँदै लैजानुहोस् ।
३७. तपाईंले अनलाईन ब्लग सुरु गरेर तपाईं को लेखनलाई संसारभरी नै फैलाउनुस् वा प्रचार गर्ने काम किन नगर्ने ?
३८. एउटा राम्रो लेखक बन्नको लागि धेरै भन्दा धेरै विचारहरुबारे चिन्तन वा दिमाग खियाउनुहोस् । ति कुराहरुलाई हिच्जे र व्याकरण मिल्छ कि मिल्दैन भन्ने चिन्ता नगरिकन कापीमा लेख्नुहोस् । त्यस पछि वाक्य संरचनाको बारेमा सोच्नुहोस् । त्यसपछि तपाईंको लेखलाई व्याकरण र हिच्जे पनि मिलाए फेरि लेख्नुहोस् । अन्त्यमा, लेखेको कुरालाई पढ्नुहोस् वा गल्तिहरु सच्याउन अरु कसैलाई दिनुहोस् ।
३९. भाषिक चिन्नहरुलाई ध्यान दिनुहोस् । जसले तपाईको भनाईको तात्पर्य वा आसयलाई पूर्ण रुपमा परिवर्तन गर्न सक्छ । यि दुई वाक्यहरुको फरक अर्थ पत्ता लगाउनुहोस् :
“A woman without her man is nothing” पुरुष बिनाको एउटा नारी केही पनि होइन
“A woman: without her, man is nothing” एउटा नारी बिना लोग्नेमानिस वा पुरुष केही पनि होइन ।
४०. हृदयबाट नै गाउनुहोस् । संसारलाई तपाईंको सुन्दर आवाज सुनाउनुहोस् । अंग्रेजी गीतहरु सिक्नुहोस् र गाउनुहोस् जसले तपाईंको धाराप्रवाह र ध्वनीलाई सुधार गर्छ ।
हिलारि हेस्टर, अंग्रेजी भाषा शिक्षक, अष्ट्रेलिया । अनुवादक : सन्तोष खड्का
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
एसईईको पुरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
असोज ८, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
बन्द गरिएको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कात्तिक २, २०८१ शुक्रबार
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाद्धारा माल्दिभ्स पराजित
कात्तिक २, २०८१ शुक्रबार
मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिए पर्यटक
कात्तिक २, २०८१ शुक्रबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार
विश्वकप क्रिकेट लिग दुई खेल्न सन्दीप अमेरिका जाँदै
कात्तिक २, २०८१ शुक्रबार