पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा चरम बेथिती
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २२:२:४
काठमाडौ । इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस समस्याग्रस्त बनेको छ । पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ ।
क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताएका छन्। त्रिभुवन विश्वविद्यालयले समयमा नै पदपूर्ति नगर्दा क्याम्पसमा सधैँ जनशक्ति अभाव भोग्नु परिरहेको उनले बताए। क्याम्पसमा प्राध्यापक र अरु कर्मचारी गरेर दुवैखालको जनशक्ति दरबन्दीभन्दा कम कार्यरत छ । उनले भने, “यसको प्रत्यक्ष असर विद्यार्थीमा पर्न जान्छ ।”
समयानुसारका विषय थप गर्दै जानुपर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतिर भएका सङ्काय र विषयसमेत अस्थायी .(करार) कर्मचारी नियुक्त गरेर सञ्चालन भइरहेको उनले बताए । अस्थायी कर्मचारी नियुक्ति गर्नका लागि पनि बजेटको समस्या रहेको उनले बताए । त्रिभुवन विश्वविद्यालयले यहाँका स्थायी कर्मचारीलाई मात्रै टाउको गनेर बजेट विनियोजन गरिरहेको उनले बताए । उनले भने, “हामीले त्यही बजेटबाट मिलाएर अस्थायी कर्मचारी पनि राख्नुपर्ने बाध्यता छ ।”
क्याम्पसमा विद्यार्थीको आकर्षण र देशमा प्राविधिक जनशक्तिको आवश्यकतालाई हेरेर यहाँ रहेको सिट सङ्ख्या थप गर्न आवश्यक रहेको सहायक क्याम्पस प्रमुख दुवाले बताए। जनशक्ति र भवन दुवैको अभावले सिट सङ्ख्या थप गर्न सकिएको छैन । क्याम्पस स्थापना हुँदा सिभिल इञ्जिनीयरिङमा सिट सङ्ख्या १४४ रहेकामा अहिले त्यसलाई बढाएर १९४ पु¥याइएको छ । त्यस्तै, कम्प्युटर विज्ञानमा पहिले ४८ सिट रहेकामा अहिले ९६ पु¥याइएको छ । बाँकी चार सङ्कायमा सिट सङ्ख्या थप्न नसकिएको उनले बताए। क्याम्पसले सिट सङ्ख्या थप्न नसक्दा विद्यार्थी चर्को शुल्क तिरेर निजी क्याम्पसमा जान बाध्य छन् । उनले भने, “निजीमा जति पनि सिट हुने भएकाले धेरैले चाहेर पनि सरकारी क्याम्पस पढ्न पाएका छैनन् ।”
उमेर हदबन्दीका कारण प्राध्यापक अवकाश पाउनु नियमित प्रक्रिया भए पनि नयाँ जनशक्ति नहुँदा क्याम्पसलाई समस्या परिरहेको छ । क्याम्पसले अहिले दुई विषय थप्ने योजना बनाइरहेको छ । स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ र स्नातकोत्तरमा रेलवे इञ्जिनीयरिङ विषय थप गर्ने क्याम्पसको योजना छ । विश्वविद्यालयबाट अनुमोदन नहुँदा अड्किरहेको त्रिविको प्राज्ञिक परिषद्ले अनुमोदन गरेपछि अनुमति पाउछ ।
जनशक्ति अभावसँगै क्याम्पसमा भवन अभाव रहेको प्रशासनले जनाएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख दुवाले बताउए । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भएपनि भवन अभावले गर्दा थप्न नसकिएको उनको भनाइ थियो ।
विसं २०२९ मा त्रिभुवन विश्वविद्यालको इञ्जिीनियरिङ विभागको केन्द्रीय क्याम्पसका रूपमा पुल्चोक क्याम्पसको स्थापना भएको थियो । स्थापना हुँदा यस क्याम्पसले प्रमाणपत्र तहमा तीन वर्षे कक्षा शुरु गरेको थियो । यसले विसं २०५१ मा चार वर्षे स्नातक तहमा सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन शुरु गरेको थियो । हाल क्याम्पसमा छ सङ्काय रहेका छन् । स्नातक, स्नातकोत्तरसँगै विभिन्न विषयमा विद्यावारिधिका कार्यक्रम रहेको कयाम्पसले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार