अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ६
इन्द्र रिजाल
असार १९, २०७६ शुक्रबार ४:५:१४
५१. हिम्मत नहार्नुस्, सकारात्मक सोच राख्नुहोस् । कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ तपईंले सिक्ने कुरामा सोचेजती छिटो प्रगती गरिराख्नुभएको छैन । यस्तो सबैलाई लाग्न सक्छ । तर पछि तपाईंले सिक्नुहुनेछ ।
५२. सिकाइलाई रमाइलो बनाउनुहोस् । रमाईलो सँग सिक्दा हामीले धेरै सिक्न सक्छौं ।
५३. तपाईले बोल्दै गर्दा यदी डर लाग्यो भने बोल्नु अघी दुई-तीनपटक लामो र गहिरो श्वास लिनुहोस् । तपाईंले सजिलो अुनभव गरेपछि राम्रोसँग बोल्नुहुने छ ।
५४. तपाईंले विगतमा प्रयोग गरेको सीडी र पुस्तकहरुलाई हेरेर आफुलाई उत्प्रेरित बनाइराख्नुहो । तपाईंलाई अचम्म मान्नुहुनेछ कि अहिले ती पुराना वा पहिले प्रयोग गरिएका र पढेका पुस्तक र सीडीहरु कति धेरै सजिलो लाग्छ । बधाई छ तपाईंको सिकाइको तहमा सुधार भइरहेको छ ।
५५. तपाईं अंग्रेजी सिक्नको लागि कहिल्यै पनि न एकदमै बच्चा न एकदमै बुढो हुनुहुन्छ । उमेरले कुनै फरक पार्दैन । सिक्ने कुरामा कुनै बहाना नबनाउनुहोस्, आत्मरक्षा नगर्नुहोस् । तपाईं केका लागि पर्खिरहनु भएको छ ?
५६. आलस्यताले तपाईंलाई सफल हुनबाट रोक्न सक्छ । अल्छिपनालाई हटाउन यो बुझ्न जरुरी छ । तपाईंको आलस्यता भनेको नपढ्नु वा खराब बानी हो ।
५७. यदी तपाईंको सिकाइमा अझै पनि तपाईंले सोचेजस्तो प्रगति वा परिणाम आइरहेको छैन भने त्यसको मतलब यो होइन कि तपाईं भाषामा कमजोर हुनुहुन्छ । यस्तो हुनुको कारण तपाईंले अझै पनि आफ्नो लागि सुहाउने विशेष सिकाइको तरिका पत्ता लगाउनु भएको छैन ।
५८. तपाईंको आफ्नो क्षमतालाई सुहाउने खालको सामाग्रहरु प्रयोग गर्नुहोस् । तपाईंको लागि अति नै सजिलो र अति नै गाह्रो पढ्ने वा सुन्ने सामाग्र वा अभ्यास प्रयोग नगर्नुहोस् । तपाईंले आफुलाई चुनौती दिनेखाको सामाग्री प्रयोग गर्नुहोस् तर त्यसले तपाईंलाई निराश वा दिगदार नबनाओस् ।
५९. तपाईं आफ्नो उच्चारणलाई पूर्ण बनाउने बारे चिन्ता नगर्नुहोस् । तपाईंको भाषिक उच्चारणलाई कायम राख्नु संस्कृतिको एउटा महत्वपूर्ण हिस्सा हो । मौलिक अंग्रेजी वक्ताहरु सहि उच्चारण सहित अंग्रेजी बोलेको सुन्दा रमाउँछन् ।
६०. अंग्रेजी धेरै प्रकारहरु छन् । जस्तै बेलायती, अमेरिकी, दक्षिण अफ्रिकी र अन्य । यिनीहरु मध्ये कुनै पनि गलत वा त्यति धेरै महत्वपूर्ण हुँदैन । आखिरी अंग्रेजी भनेको अंग्रेजी नै हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार