टीकापुर नगरपालिकामा एक वडा एक सामुदायिक विद्यालयको अवधारणा पारित
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार २:२५:१७
भजनी । कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेको छ । नगरपालिकाका उप–प्रमुख केशरी विष्टले रु ७४ करोड २९ लाख ६९३ को बजेट प्रस्तुत गरेका हुन् । विनियोजित बजेटमध्ये चालूतर्फ रु ४२ करोड ६९ लाख ३८ हजार २६८ र पूँजीगततर्फ रु ३१ करोड ५९ लाख ६२ हजार ४२४ बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नमूना सामुदायिक विद्यालय बनाउने अभियानअन्तर्गत एक वडा एक सामुदायिक विद्यालयको अवधारणा पारित गरेको छ । सोका लागि रु १० लाख विनियोजन गरिएको छ । शिक्षा क्षेत्रका लागि रु २० करोड ४६ लाख ५० हजार बजेट छुट्याइएको छ । नगरप्रमुख प्राविधिक छात्रवृत्तिका लागि रु ११ लाख, उपप्रमुख अनाथ असहाय छात्रवृत्ति कार्यक्रमका लागि रु १० लाखसमेत विनियोजन भएको छ । बाल विकास शिक्षिकालाई प्रोत्साहन गर्न रु १६ लाख ३२ हजार बजेट विनियोजन गरिएको छ ।
नगरसभामा आर्थिक वर्ष २०७६/०७७ मा एक वडा एक कालोपत्रे सडकका लागि रु नौ करोड २७ लाख, नगरभित्रका सडकको स्तरोन्नतिका लागि रु ८० लाख, कार्यालय परिसर स्त्तरोन्नति र व्यवस्थापनका लागि रु ७५ लाख, शपिङ कम्प्लेक्स निर्माणका लागि रु ६५ लाख र सडक बत्तीका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
शिक्षा विकासका लागि टीकापुर अस्पतालमा एनआईसीयू सेवा सञ्चालनका लागि रु ३८ लाख, निःशुल्क रक्त सञ्चार र सुत्केरीलाई घरदेखि निःशुल्क एम्वुलेन्समा ल्याउनका लागि रु १० लाख, सुत्केरी आमालाई पोषण ‘आमासंँग उपमेयर’ का लागि रु १५ लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि रु ३४ लाख ५५ हजार र हाम्री छोरी प्यारी छोरी कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै कृषि क्षेत्रको विकास र विस्तारका लागि रु एक करोड ५९ लाख ४७ हजार ९४६ रकम छुट्याइएको छ । टीकापुर पार्क व्यवस्थापन र भैरवनाथ मन्दिरका लागि रु ५८ लाख, रोजगारमूलक उद्यमशिलता र विकास तालीमका लागि रु ७३ लाख ४७ हजार बजेट विनियोजन गरिएको छ । वेतबाँस प्रशोधन, प्रवद्र्धन बजारीकरणका लागि रु १५ लाख, सबै जातजातिको भाषा, संस्कृति, लोक साहित्य, नृत्य, गीत–सङ्गीत, मेला, पर्व, जात्रा, भाका संरक्षण र पर्यटन उद्योगका लागि रु दुई करोड ३१ लाख ३९ बजेट विनियोजन गरिएको छ ।
एक वडा एक बगैँचा कार्यक्रमका लागि रु नौ लाख र जलवायु समानुकूलित विकास योजनाका लागि रु एक करोड २९ लाख बजेट विनियोजन गरिएको छ । नगरसभाले जनतासँग मेयर, उपमेयर कार्यक्रमका लागि रु २० लाख र विभिन्न सभा समारोहका लागि रु पाँच लाख छुट्याएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार