वालिङ नगरपालिकाका २४ ज्येष्ठ नागरिकलाई सम्मान
इन्द्र रिजाल
असार २२, २०७६ आइतबार १७:५३:११
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ वडा कार्यालयले वडाभित्र रहेका ८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
शनिबार वडाभित्रका वालिङ बजार, भीमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरालगायतका स्थानीयवासीको घरघरमै पुगेर सम्मान गर्नुका साथै स्वास्थ्य परीक्षणसमेत गरेको कार्यवाहक वडाध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।
वडाले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए ।
“२४ ज्येष्ठ नागरिकलाई एक किलो हर्लिक्स, फलफूल तथा नगद रु ५०० प्रदान गरेका हौँ” कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, “सोही अभियानअन्तर्गत पूर्ण अपाङ्गता भएका नौ जनालाई नगद रु ५०० र फलफूल वितरण गरेका छौँ ।”
ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाको पहिलो कर्तव्य भएको बताउँदै कार्यवाहक वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँपुस्ताले सिकाइका रूपमा लिनु आवश्यक रहेको बताए।
वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक बनाउन उनीहरूमा भएको रोगको पहिचान र निदान गर्ने उद्देश्यले अभियानको रूपमा थालिएको वडा सदस्य एवं कार्यपालिका सदस्य युगमाया पङ्गेनीले बताए।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गरी उचित परामर्श प्रदान गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाका रामचन्द्र ठाकुरले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार