सबैतिर रोपाइँको चटारो, आकाशे पानीको भर पर्दा किसान निराश !
इन्द्र रिजाल
असार २२, २०७६ आइतबार १९:३१:३६
भीमदत्तनगर । कञ्चनपुर वेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् ।
सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्दा घाम लागेपछि निराश भएर फर्किनु उनको दिनचर्या भएको छ”, जोशी भन्छन्, “वर्षात् नहुँदा बेर्ना पनि सुक्न थालिसक्यो ।”
असार महिना सकिन लाग्दा पनि यहाँ वर्षा नभएपछि आकाशे पानीको भरमा खेती गर्ने किसानहरु निराश हुन थालेका छन् । बोरिङबाट रोपाइँ गरिरहेका वेदकोट नगरपालिका–२ का देवदत्त जोशी पनि सिँचाइ नहँुदा समस्या भएको बताउँछन् ।
विसं २०६८ मा सिँचाइका लागि भन्दै भूमिगत जलस्रोत विकास समिति धनगढीले तीन वटा ट्युबवेल निमार्ण गरे पनि सञ्चालनमा आउन सकेका छैनन् । साठी बिघा खेतलाई सिँचाइ गर्ने लक्ष्य लिइएको भए पनि वर्षौँसम्म सञ्चालनमा नआउँदा लगानी पनि खेर गएको जोशीको भनाइ छ ।
उनले भूमिगत जलस्रोत विकास समितिले यहाँका किसानबाट धरौटी भन्दै रु ५८ हजार संकलन गरेको भएपनि त्यसको लेखाजोखा नभएको बताउँछन् । “स्थानीय तहदेखि हेलो प्रधानमन्त्री हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार माग्दा पनि सुनुवाइ भएको छैन्”, जोशी भन्छन्, “सिँचाइ नहुँदा यहाँ खेतको बेर्ना काम नलाग्ने भइसक्यो ।”
स्थानीयवासी इन्द्रवति जोशीले सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुको विकल्प नभएको बताउँछन् । “ यस्तै रहे खेत बाझैँ राखेर चामल किन्नुपर्ने अवस्था आउँला जस्तो भयो”, उनी भन्छन्, “गाँउ छेउछाउका खोला नदीको पानी पनि सुकिसकेको अवस्था छ । ”
भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख अमरबहादुर चन्दले नौ वटा ड्युप ट्युबवेलमध्ये ६ वटा सञ्चालनमा रहेको दावी गर्छन् । उनले दुई वटा सफल हुन नसकेको र एउटा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिएका छन् ।
ट्युबवेल बिग्रेको भएपनि किसानहरुको आग्रह अनुसार त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने उनी बताउँछन् ।तर किसानहरुले पटक–पटक ताकेता गर्दा कुनै सुनुवाई नभएको दुःखेसो पोखेका छन् । सिँचाइ अभावका कारण यहाँ अहिलेसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
कञ्चनपुरमा सिँचाइका लागि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण जारी छ । ३३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिएको आयोजनाको काम भने सुस्त गतिमा छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर निर्माण गर्ने भनिएपनि एक दशकको अवधिमा १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार