मापदण्ड विपरित संचालनमा रहेको स्वास्थ्य केन्द्र बन्द
इन्द्र रिजाल
साउन ४, २०७६ शनिबार १९:४७:५८
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मापदण्ड विपरीत सञ्चालनमा आएका स्वास्थ्य केन्द्रहरू बन्द गराएको छ।
महाङ्काल स्वास्थ्य सेवा समिति र मंगल स्वास्थ्य केन्द्रलाई बन्द गरिएको छ । विगत १५ वर्षदेखि संचालित ति स्वास्थचौकीहरु गाउँपालिकाले बन्द गराएको हो ।
सरकारले तोकिएको कानुन मिचेर सञ्चालित भएका स्वास्थ्य केन्द्र बन्द गराएको गाउँपालिकाले जनाएको छ। मानव स्वास्थ्यमाथि खेलवाड नहाेस् भन्ने हेतुले गाउँपालिकाले साे कदम चालेकाे हाे ।
सरकारले तोकिदिएको मापदण्ड पुर्याउन नसकेका कारण स्वास्थ्य केन्द्र बन्द भएको गाउँपालिकाका स्वास्थ्यकर्मी ज्ञानेन्द्र सिग्देलले नेपाल बहस डटकमलाई बताए।
आफूखुसी सेवा सञ्चालन गरेको पाइएपछि हामीले कागजात पुर्याउन भनेका थियौँ । तर, हाम्रो अनुरोध र बारम्बारको जानकारीलाई वेवास्था गरेपछि बाध्य भएर बन्द गर्नुपर्ने अवस्था आएको सिग्देलले बताए ।
गत साउनदेखि सञ्चालनमा आएको कन्यामारिया हेल्थ एण्ड एजुकेसन सेन्टर, हेलम्बु–४ पनि स्थानीय तहसँग समन्वय नगरेका कारण स्थगित गरिएको सिग्देलले जानकारी दिए । उनीहरूलाई मापदण्ड पुर्याएर सञ्चालनमा ल्याउन गाउँपालिकाले पटक–पटक अनुरोध गरेको थियो।
सरकारको रणनीति अनुसार हेलम्बु गाउँपालिकाले एउटा वार्डमा एउटा स्वास्थ्य संस्थाको पहुँच पुर्याएको स्वास्थ्यकर्मी सिग्देलले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार