मध्यपुरथिमीको मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना निर्माण
इन्द्र रिजाल
बैशाख २९, २०७६ आइतबार २०:२२:५२
भक्तपुुर । मध्यपुरथिमी नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण शुरु गरेको छ ।
नगरपालिकाले आयोजना गरेको समारोहमा गत चैत ३ गते प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मध्यपुरथिमिलाई ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेपछि नगरपालिकाले यसको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण शुरु गरेको हो ।
नगरपालिकाले पुरातात्विक, धार्मिक, ऐतिहासिक सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि शुरु गरेको गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
नगरपालिकाभित्र भौतिक संरचनाका रूपमा रहेका धार्मिक सम्पदा एवं मठ मन्दिर, पाटी पौवा, ढुङ्गेधारा तथा ऐतिहासिक इनार, सम्पदा, ऐतिहासिक बस्ती, चौताराको खोज, अनुसन्धान, उत्खनन्, संरक्षण, पुनःनिर्माण, जीर्णोद्धार र विकास गर्दै यसको संरक्षण गर्नेगरी नगरपालिकाले गुरुयोजना निर्माण गरेको उनले बताए ।
त्यसैगरी अमूर्तरूपमा रहेका यहाँका परम्परागत भाषा, हस्तलिपि, वेषभूषा, गीत÷सङ्गीत, बाजागाजा, नृत्य तथा झाँकी, रीतिरिवाज तथा परम्परा, गरगहना, जात्रा, परम्परा, ऐतिहासिक दस्तावेज, ग्रन्थ, पम्परागत खानेकुराको समेत खोज तथा अनुसन्धान गरिने, लोप भइसकेकालाई पुनरजीवन दिने र लोपोन्मुख अवस्थामा पुगेकालाई समेत संरक्षण गरिने भएको छ ।
नगरपालिकाभित्र रहेका विशेष व्यक्तित्व एवं गुरुको समेत योगदानको कदर गर्ने र उनीहरुको जीवनी तयार पार्ने, उनीहरुको कला एवं शिक्षालाई संरक्षण गर्ने योजना समेत नगरपालिकासँग रहेको छ । “मध्यपुरथिमि नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “गुरुयोजना निर्माण सम्पन्न भएसँगै त्यसलाई कार्यान्वयनमा लैजान्छौँ, मध्यपुरथिमिभित्र जीवित सङ्ग्रहालयसमेत निर्माण शुरु भएको छ, मध्यपुरथिमिलाई नमूना साँस्कृतिक नगरी बनाउछौ ।”
नगरपालिकाभित्रको परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालयसमेत बनाउने गरी नगरपालिकाले कार्ययोजना अगाडि बढाएको र यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत बढाउने उनको भनाइ छ ।
नगरपालिकाले सांस्कृतिक नगरीको गुरुयोजना निर्माणका लागि बनाएको तर्जुमा समितिका सदस्य नवीन प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको बताए ।
“काम भइरहेको छ, गुरुयोजना निर्माणपछि नगरपालिकाले तीन वर्ष, पाँच वर्ष र १० वर्षभित्र सम्पन्न गर्ने कुन कुन योजना रहन्छ भन्ने समेत निक्र्योल गर्नेगरी सुक्ष्मरूपमा अध्ययन गर्दै गुरुयोजना निर्माण गरिरहेका छौँ ।” गुरुयोजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएपछि आगामी १० वर्षभित्र मध्यपुरथिमि नगरपालिका देशकै नमूना नगरपालिकाको रूपमा स्थापित हुने विश्वास लिएको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऊर्जा मन्त्रालयले दुई पटक गरी मागेको २१ बुँदे स्पष्टीकरणको घिसिङले दिएनन् जवाफ
कात्तिक २७, २०८१ मंगलबार
रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
कात्तिक २७, २०८१ मंगलबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
कात्तिक २७, २०८१ मंगलबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार