सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १३:२९:१०
२५ चैत, काठमाडौं । २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक करोड ७० लाख रकम सङ्कलन गरेको छ ।
गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।
मानवता प्रवर्द्धनको उद्देश्यले आयोजित आमा सेमिनार एवं अन्तरक्रिया कार्यक्रमहरुमा करिब एक हजार पाँच सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरुको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अष्ट्रेलिया अभियानमा १० जना अष्ट्रेलियावासीले मानवसेवा आश्रमको निर्माणाधीन भवनहरुमा एक कोठा निर्माण सहयोगार्थ रु पाँच लाख ११ हजार एक सय ११ योगदान गरेका छन् ।
यसैगरी वार्षिक भोजन सेवा सदस्यता २० जनाले, छ जनाले बालगोपाल बाबुनानीको अभिभावकत्व, चार जनाले आमाबुबाको छोराछोरी बन्ने प्रतिबद्धता गरेको छ भने ९० जनाले आश्रमको आजीवन सहयोगी सदस्यता लिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको संस्थाको संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उनका यसरी नेपाल, कतार, बेलायत र अष्ट्रेलियामा भव्यताको साथ सम्पन्न भएको मानवसेवा आश्रमको कार्यक्रम आगामी मे ५ तारिखमा पुनः बेलायतमा हुन गइरहेको छ भने अरु देशहरुमा पनि कार्यक्रमको तयारी भइरहेको छ । बेलायतमा हुने कार्यक्रममा प्रसिद्ध गायिका आनीछोइङ डोल्मा सहभागी हुनेछन् ।
विगत १० वर्षदेखि नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनःमिलन एवं परिवार पत्ता नलागेकाहरुको सहारा बन्दै आएको छ । नेपालभर सात प्रदेशको १९ वटा जिल्लाहरुमा २४ वटा सेवा केन्द्र सञ्चालन भई आजको दिनमा एक हजार सात सयभन्दा बढी असहायले प्रत्यक्ष नाना, खाना, छाना, स्वास्थ्य र शिक्षाको सेवा प्राप्त गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार