बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १६:१:१४
७ वैशाख, काठमाडौं । २० वाणिज्य बैंकले चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले चैत मसान्तसम्म ४१ अर्ब ६८ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कमी हो ।
वाणिज्य बैँकहरूको मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) को विवरण हेर्दा सुधार देखिन सकेको छैन । चालु आर्थिक वर्षको ९ महीनासम्मको अवधिमा समग्र वाणिज्य बैंकहरुको खुदमुनाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३१ लाख ५ हजारमा खुम्चिएको हो । गत आवको चैत मसान्तसम्मको अवधिमा बैंकहरुले ४७ करोड १ लाख ५३ हजार ७४ हजार थियो । यस अवधिसम्म बैंकहरुको मुनाफा न्यूनतम २ देखि ९२ प्रतिशतसम्म घटेको छ । सो अवधिमा मुनाफा बढाएका बैंकको पौने ६ देखि ९७ प्रतिशतसम्म वृद्धि भएको देखिएको हो ।
चालु आवको ६ महीना अवधिमा कृषि विकास बैंकको खुद मुनाफा सबैभन्दा धेरै ९७.२२ प्रतिशतले वृद्धि हुँदा दोस्रो धेरै वृद्धि गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । सो बैकको नाफा २७.७० प्रतिशतले बढेको छ । यस्तै प्राइम कमर्सियलको १६.६६, सिद्धार्थ बैंक १३.०२, हिमालयन बैंक १२.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.५२ र एरभेष्ट बैंकको खुद नाफा ५.७७ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै खुद मुनाफा घटेको नेपाल बैंकको ९२.६८ प्रतिशतले खुद मुनाफा घट्दा एनआईसी एशिया बैंकको ५२.३१, माछापुच्छ्रे बैंकको ३६.७३, नेपाल एसबिआई बैंकको ३५.४४, राष्ट्रिय वाणिज्य बैंकको ३३.६०, ग्लोबल आइएमई बैंकको २४.१३, कुमारी बैंकको १९.१२, एनएमबि बैंकको १६.४४, सानिमा बैंकको १५.९०, नबिल बैंक ८.७६, प्रभु बैंक ७.२७, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत र सिटिजन बैंक इन्टरनेशलको सबैभन्दा कम १.९९ प्रतिशतले खुद मुनाफा घटेको हो ।
(१) लक्ष्मी सनराइजः १ अर्ब ६१ करोड ५९ लाख
(२) सानिमाः १ अर्ब ४३ करोड ९४ लाख
(३) सिटिजनः १ अर्ब २१ करोड १४ लाख
(४) नेपाल एसबिआईः १ अर्ब १६ करोड ४१ लाख
(५) कुमारीः १ अर्ब ५ करोड २७ करोड
(६) माछापुच्छ्रेः ८५ करोड ५४ लाख
(७) नेपाल बैंकः १३ करोड ५ लाख
(८) नबिलः ४ अर्ब ६६ करोड ८० लाख
(९) ग्लोबल आइएमईः ३ अर्ब ३० करोड ६५ लाख
(१०) नेपाल इन्भेष्टमेन्ट मेगाः ३ अर्ब २७ करोड ५२ लाख
(११) प्राइम कमर्सियलः २ अर्ब ८७ करोड ८७ लाख
(१२) एभरेष्टः २ अर्ब ६० करोड ८४ लाख
(१३) स्ट्याण्डर्ड चार्टर्डः २ अर्ब ४४ करोड ७१ लाख
(१४) आरबिबिः २ अर्ब ३७ करोड ४८ लाख
(१५) एनएमबिः २ अर्ब २४ करोड १५ लाख
(१६) कृषि विकास २ अर्ब ५ करोड ३१ लाख
(१७) हिमालयनः १ अर्ब ९४ करोड ८१ लाख
(१८) एनआईसी एशियाः १ अर्ब ९१ करोड ४८ लाख
(१९) प्रभुः १ अर्ब ८१ करोड २४ लाख
(२०) सिद्धार्थः १ अर्ब ६८ करोड ४० लाख
बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानी खुद ब्याज आम्दानीमा सामान्य सुधार भए पनि खराब कर्जामा भएको वृद्धिको कारण नाफामा प्रभाव देखिएको हो । बैंकहरूको खुद ब्याज आम्दानी ७.६६ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ । यसअघि यस्तो आम्दानी एक खर्ब ३३ अर्ब रूपैयाँ थियो ।
बैंकहरूको औसतमा खराब कर्जा २.८५ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमासको तुलनामा औसतमा यसमा सुधार देखिएको छ । दोस्रो त्रैमासमा खराब कर्जा कुल कर्जाको ३.६३ प्रतिशत थियो । पछिल्लो समय मुलुकमा देखिएको आर्थिक शिथिलतासँगै बैंकहरूको कर्जा असुलीमा समस्या भइरहेको हो । केही बैंकहरूले ऋणीलाई पुनर्कर्जा सुविधा दिएकोले पनि खराब कर्जा केही घटेको देखिए पनि खराब कर्जा ४ प्रतिशतमाथि हुनेको संख्या १० छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार