दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १२:४४:५३
८ वैशाख, काठमाडौं । नयाँ सत्ता समीकरण बनेको दुई महिना पुगेको छैन तर, कमाउने सेटिङ मिलाउने विषयमा सत्ता सहयात्री दल नेकपा एमाले र नेकपा माओवादीमा निकै ठूलो हानथाप चलेको छ । समीकरणमा ठूलो दल भएपनि एमालेसँग गृह र अर्थ मन्त्रालय छैनन् । यी दलको तानातानले कर्मचारीमा सरुवा आतंक बढेको छ ।
मन्त्री नभएपनि मातहतका विभागमा आफू निकटका कर्मचारी ल्याउन एमाले कर्मचारी संगठन नै भिडिरहेको छ । कर्मचारी सरुवाका लागि ऐन र विनियम छन तर, यसको प्रयोग अहिले कुनै मन्त्रालय र विभागमा भएको छैन् । एमाले र माओवादीका माथिका नेताले चिनेको हुनुपर्छ ।
अहिले अर्थमन्त्रालयको जिम्मेवारीमा वर्षमान पुन छन् । उनले आफूलाई पायक पर्ने गरी मन्त्रालय र विभागका हामिक फेर बदल गर्न स्वभाविक पनि मानिन्छ । तर, अर्थले हेर्ने सबै निकायमा यतिबेला एमाले हावी हुन खोजेको छ । आन्तरिक राजश्व, भन्सार, कार कार्यालय देखि छोटी भन्सारसम्म एमाले आफू निकटका कर्मचारी सेटिङगर्ने रणनीतिमा छ । ऐन र कर्मचारी विनिवामलीमा दुई वर्ष पुगेका भन्सार प्रमुखहरुको सरुवा गर्न मिल्छ । प्राय मिलाएर भदौ र असोजमा यस्तो सरुवा गर्ने यसअघिको प्रचलन हो ।
अहिले सबै भन्सार प्रमुखहरु जो जसका भएपनि अघिल्लो सरकारले पठाएका छन् । उनीहरुको सरुवा गर्ने समय पुगेको छैन् । तर, उनीहरुलाई बोलाउने तयारी तिब्र बनाइएको छ । ति तातोपानीमा बसेका हुने कि रसुवामा । उनीहरुको सरुवा तयारी गरिएको छ । मन्त्रालयका सबैजसो सचिवहरुको हेरफेर र सरुवा भइसकेको छ । अब बजेट धेरै भएका मन्त्रालय, कर तथा राजस्व संकलनसँग सम्बन्धित विभाग र आर्थिक चलखेल हुन सक्ने मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुखहरुको खोजीखोजी र रोजीरोजी सरुवा गरिएको छ ।
एमालेले विराटनगर, बीरगन्ज सख्खा बन्दरगाह, भैरहवा, तातोपानी, मेची, रसुवालगायतका तराई र उत्तरी नाकाको भन्सार प्रमुखमा एमालेले आफू निकटका उपसचिव खोजिरहेको छ, अर्थमन्त्रीले यसलार्य रोक्न सक्ने अवस्था छैन् । उपसचिवको सरुवा विशेष परिस्थिति बाहेक दुई वर्षमा मात्र गर्ने प्रावधान रहेपनि अहिले भन्सार विभागले एक वर्ष पुगेका कार्यालय प्रमुखहरुको सूची बनाएर बसेको छ । कर्मचारी स्रोतका अनुसार अर्थ मन्त्रालयको चाहना अनुसार भन्सार नाकामा सरुवा हुनुपर्ने हो तर, एमाले हावी भइरहेको छ ।
राजस्व नपुर्याएको बहानमा बनाएर भन्सार प्रमुख आफूले चाहेको उपसचिव पठाउने तयारी तिब्र छ । अर्थमन्त्री बाहिर भएको अवस्थामा भन्सार प्रमुख परिवर्तनको लिष्ट बनेको छ । सरकारले कानुन निर्माण गर्नुपर्ने समयमा सदन बन्द गरेपनि आफूले चाहेको कर्मचारी भने छानीछानी सरुवा गरिरहेको छ । तर, यसलाई हेने निकाय भने मौन बसेका छन् । न अख्तिायर बोल्छ नत अर्को निकाय ।
धेरै बजेट खर्च गर्ने र आर्थिक चलखेल हुन सक्ने मन्त्रालय तथा विभागीय प्रमुख सरुवाको प्राथमिकतामा एमाले अगाडी छ । अर्थमन्त्री पुनले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई गत चैतको दोस्रो साता सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरेका थिए । त्यसयता एमाले र माओवादीको हानाथाप चलेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
महावाणिज्य दूत बनाउने गरी ढुंगानाको परराष्ट्रमा सरुवा, राजश्वमा पुगे बुढा
बैशाख २३, २०८१ आइतबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार