कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १३:४६:५०
१२ वैशाख, काठमाडौं । एससीसीको कट्टर विरोधी मानिने माओवादी नेताहरु यतिबेला चीन भ्रमणमा रहेका छन् । नेपालका कम्युनिष्ट नेताहरु एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका बेला उनीहरू पनि थपिएका हुन् । सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहकै बेला माओवादीका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली चीन पुगेको छ । उनी १० दिने भ्रमणमा त्यता गएका हुन् ।
चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ नेतृत्वको टोलीसँग चीनको इन्टरनेशनल डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियान चाओले नेपालमा वामपन्थी एकीकरणमा गर्न जोड दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपाली नेताहरूलाई पालैपालो जनवादी गणतन्त्र चीन भ्रमणको निम्तो दिइरहेको छ । सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपालो दुई पूर्वप्रधानमन्त्रीको चीनमा स्वागत गरेको थियो । त्यसपछि लगातार रुपमै नेपाल कम्युनिष्ट नेताहरूको भ्रमण हुन थालेको छ ।
गत अक्टोबर १८ मा राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनीसीएटीभमा (बीआरआई) फोरममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन पुगेका थिए । सोही पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्यतिबेला चीन पुगेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साता व्यापी चीन यात्रामा नेपालसँग १४ जनाको टोली रहेको थियो ।
त्यतिबेला पनि चीनले नेपालमा वामपन्थीहरूबीचकाे एकतामा जोड दिएको थियो । अहिले पनि माओवादी महासचिव गुरुङसँगको भेटमा चियान चाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुसी भएको धारणा राखेका छन् ।
केही समय अघि माओवादीकै दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमण गरेर फर्किसकेका छन् । उनले पनि त्यहाँ कम्युनिष्ट पार्टीका नेताहरु भेटघाट गर्ने बाहेक कुनै काम गरेका थिएनन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण गएका थिए । उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका कम्युनिष्ट नेताहरूसँग भेटघाट गरेर फर्केका थिए । भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउले नेपालमा वामपन्थीबीच सहकार्य हुनु राम्रो भएको उल्लेख गर्दै सीपीसी माओवादीसँग सम्बन्ध विस्तार गरी काम गर्न इच्छुक भएको धारणा राखेका थिए ।
एमाले माओवादीसहितको नयाँ सत्ता समीकरण बनेपछि चीनले सन्तुष्टि व्यक्त गर्दै नेपालमा वामपन्थी मिल्नु उचित हुने सुझाव दिँदै आएको छ । महासचिव गुरुङ चीनले लिएको नीतिप्रति नजिक देखिन्छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विरोध गर्दै यसको नेपालमा कार्यान्वयन गर्न नहुने धारणा राखेका थिए ।
त्यस्तै माओवादी टोलीले हुनान प्रान्तका पार्टी सचिव सेन चाओ मिङसँग पनि भेटवार्ता गरेको छ । त्यसपछि कुइचाउ प्रान्तको भ्रमण गर्ने तालिका रहेको छ । वैशाख ५ मा प्रस्थान गरेको भ्रमण टोलीमा महासचिव गुरुङ, स्थायी कमिटी सदस्य परशुराम तामाङ, कमला रोका, केन्द्रीय सदस्य ओम शर्मालगायत टोली छन् ।
किन गइरहन्छन् चीन ?
नेपाल र भारत बीचमा आएका उतारचढावले चीन बीचको सम्बन्ध नयाँ उचाइमा लैजानुपर्छ भन्ने विषयमा कम्युनिष्टहरूबीच एक प्रकारको अघोषित सहमति जस्तै छ । आठ वर्ष अघि नेपालमा नाकाबन्दी लागेपछि तत्कालीन एमाले र माओवादीका नेताहरु बीच यो विषयमा गहन कुराकानी भएको बताइन्छ । २०७५ साल जेठ ३ मा दुई पार्टी एकीकरण भएपछि पनि धेरै नेताहरु चीन भ्रमणमा गएका थिए । त्यसपछि पनि नेताहरूको आउजाउ बढेको छ । साथै बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेपछि चीनको नेपालसँगको पहिलो प्राथमिकता बीआरआई हो । दुई देशबीच सम्बन्धको मेरुदण्ड बीआरआई हो ।
नेपालले बीआरआईको एउटा पार्ट हौ भने पनि चिनियाँहरुले नेपाली नेताहरूलाई बोलाउने गरेका छन् । त्यसले गर्दा औपचारिक भेटघाट मात्रै होइन कि विभिन्न संघसंस्थाहरूको व्यक्तिहरूसँग चीनको सम्बन्ध निकै बाक्लो भएको छ अहिले । तत्कालीन एमाले र माओवादी हुँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीको धेरै राम्रो सम्बन्ध थियो । त्यहीबेला पनि दुई पार्टीका छुट्टाछुट्टै औपचारिक अनौपचारिक चीन भ्रमण हुने गरेका थिए । एकतापछि त्यसको ठूलो संख्या नेताहरूको आवतजावत देखिएको थियो । अहिले एमाले र माओवादीबीच सरकार बनेपछि पनि यसको निरन्तरता दिएको देखिन्छ ।
कुनै समय ‘शान्त कूटनीति’को नीति अन्तर्गत अरू देशको आन्तरिक मामिलामा चियो चर्चा नगर्ने चीन पछिल्लो समयमा निक्कै ‘सक्रिय कूटनीति’का साथ विश्वव्यापी रूपमै अघि बढेको र नेपालका पनि त्यसको प्रभाव परेको बताइन्छ । खासगरी, छिमेकी देशहरूको सवालमा विशेष रुचि र चासो चीनले बढाउँदै लगेको सन्दर्भमा स्वाभाविक रूपमा उसको रुचि, चासो र गतिविधिहरू नेपालमा पनि वृद्धि भएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार