प्रभु बैंकको अवस्था दिन प्रतिदिन बिग्रँदै, खराब कर्जा करिब ५ प्रतिशत, निक्षेप घट्दै, व्यवसाय पनि घट्दै
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १६:४४:२६
१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको पटके कारबाहीमा पर्दै आएको तथा संस्थापक शेयरधनीहरुले धमाधम आफ्नो शेयर बेचेर निस्कन थालेको प्रभु बैंकको अवस्था दिन प्रतिदिन बिग्रँदै जान थालेको छ । कमिशन खाएर दिइएको कर्जा तथा धितोले खाम्ने भन्दा बढी कर्जा दिँदा बढेको खराब कर्जाले पुनः बैंकलाई सताउन थालेको छ ।
हालै मात्र नेपाल प्रहरीको सीआईबीले प्रभु बैंकमा छानविन गरि कर्जा घोटालामा संलग्न उच्च तहका करिब एक दर्जन कर्मचारीलाई पक्राउ गरि कारबाही चलाएको थियो । त्यस्तै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले केही समय अघि बैंकका सीईओ अशोक शेरचनलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा ५० लाख जरिवाना र सचेतसहितको कारबाही गरेको थियो । प्रभु बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकाले जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै गत वर्ष पनि प्रभु बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र प्रभु बैंक बीच कारोबार भएको पाईएकोले राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतसहित संचालकहरुलाई समेत सचेत गराएको थियो। राष्ट्र बैंकले तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन, संचालकहरु शंकर कालीकोटा र रमेश सिंह खड्का, तत्कालीन संचालकहरु अम्बिका शर्मा लामिछाने, पुष्प बहादुर प्रधान, र दक्ष पौडेल तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको हो ।
बैंक आफैले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणसम्म आइपुग्दा बैंकको खराब कर्जा ४ दशमलव ८१ प्रतिशत रहेको छ । एक वर्ष अघिको यसै अवधिमा बैंकको खराब कर्जा ३ दशमलव ४८ प्रतिशत थियो ।त्यस्तै, बैंकको मुनाफा उच्च दरले घटेको छ भने वितरणयोग्य मुनाफा पनि एकदमै नगन्य छ ।
कम्पनीको कुल शेयर संख्यासँग दाँजेर हेर्दा कम्पनीको प्रतिशेयर वितरणयोग्य मुनाफा १ प्रतिशत पनि छैन । आर्थिक वर्ष ०७९/८० मा ढिलो गरी सम्पन्न वार्षिक साधारणसभामार्फत शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिएको कम्पनीले यही अवस्था रही रहे लगानीकर्ता फेरी निराश हुने सम्भावना पनि देखिन्छ ।
त्यस्तै आर्थिक वर्ष ०७९/८० को असार मसान्तलाई दाँजेर हेर्दा बैंकको निक्षेप र कर्जा दुवै घटेका छन् । यसको अर्थ बैंकबाट ठूलो मात्रामा निक्षेप बाहिरिएको छ भने बैंकको व्यवसाय पनि घटेको छ । यसरी निक्षेप कर्जा दुवै घट्नुलाई बैंकिङ क्षेत्रमा राम्रो मानिदैन् । आधारभूत रुपमा बैंकलाई बलियो बनाउने सूचकहरु पनि घटेका छन् । जगेडा कोष पनि असार मसान्तको तुलनामा घटेको छ ।
यस बैंकको संचालक समितिको अध्यक्षमा पूर्व अध्यक्ष देवीप्रसाद भट्टचनको निजी कम्पनीको प्रतिनिधित्व गर्दै लिलाप्रकाश सिटौला रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा अभिषेक बज्राचार्य, बिर्ख बहादुर बस्नेत, अंगिरमान सिंह र तारा मानन्धर रहेका छन् । प्रभु बैंकको सञ्चालक समितिबाट हालै मात्र तीन जना सदस्य अचानक बाहिरिएका छन् । संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा.गीता प्रधानले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अशोक शेरचनदेखि वरिष्ठ डेपुटी सीईओमा मनोज न्यौपाने र डेपुटी सीईओमा मणिराम पोखरेल रहेका छन् । यसैगरी विभागीय प्रमुखहरूमा निरज लम्साल, रेनुप्रसाद पाण्डे, राजेश भण्डारी, दीपेश प्रधान, रश्मी पन्त, लेखबहादुर पुन, रिवास श्रेष्ठ र सुगेन शाक्य रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८१ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ९५ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ७ दशमलव २७ प्रतिशतको गिरावट आएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ६८ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा २६ दशमलव ३२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ३१ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ५७ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ७१ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा थियो ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा जम्मा १६ करोड ६५ लाख रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा १८ करोड २९ लाख ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ९४ पैसा मात्र रहेको छ ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ३ दशमलव ७२ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह १ दशमलव ८२ प्रतिशतले घटेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १ दशमलव ८३ प्रतिशतले घटेर ९ अर्ब ८६ करोड पुगेको छ भने संचित मुनाफा १६ करोड ६५ लाख रुपैयाँ छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १४२ रुपैयाँ ६० पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा भारी मात्रामा बृद्धि हुँदै ४ दशमलव ८१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा ३ दशमलव ४८ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ८ दशमलव ४८ प्रतिशत पुगेको छ । स्प्रेडदर ३ दशमलव ९६ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव १६ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार