विराटनगर भन्सार प्रकरणः प्रज्ञापनपत्र डिलीट गर्ने भन्सार प्रतिनिधि खरेललाई उन्मुक्ति दिने खेल सुरु
नेपालबहस संवाददाता
फागुन १५, २०७९ मंगलबार ०:२८:३८
१५ फागुन, विराटनगर । भन्सार प्रतिनिधिसँगको सेटिङ्गमा भन्सार जाँचपासलाई प्रमाणीकरण गर्ने विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुखलाई अर्थ मन्त्रालयले सरुवा गरी भन्सार विभागमा रहेका ज्ञानेन्द्रराज ढकाललाई भन्सार प्रमुखमा पदस्थापन गरेसँगै विराटनगर भन्सारका भन्सार प्रतिनिधिहरु तिल्मिलाउन थालेका छन ।
अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नेतृत्वको छानविन टोलीले भन्सार कर्मचारी र भन्सार एजेन्टसँग सोधपुछ गरी फर्किए लगत्तै दिएको प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयले प्रमुुख भन्सार अधिकृतलाई मात्रै सरुवा गरेर अन्य भन्सार कर्मचारी र भन्सार जाँचपासमा संलग्न भन्सार प्रतिनिधिलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै भन्सार एजेन्टहरुले नै असन्तुष्टि व्यक्त गर्न थालेका छन ।
नेपालबहसले निरन्तर विराटनगर भन्सारका भन्सार एजेन्टका प्रतिनिधिहरुले गर्ने बैध र अबैध कामका विषयमा खबरदारी गर्दै गर्दा उक्त कुराको रहस्य खुलेको थियो । यो भन्सारको राजश्व छली प्रकरणमा भन्सार प्रतिनिधि शरण खरेलले भन्सार जाँचपास गर्ने क्रममा प्रयोग गरेका भन्सार एजेन्ट ईश्वर केसीको एजेन्ट नम्बर ४२३ को लगिन प्रयोग गरेर माल जाँचपास गरेको भन्दै ती भन्सार एजेन्ट र उनका विराटनगर भन्सार प्रतिनिधिलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा पछिल्लो समय राजनीति परिवर्तनसँगै प्रतिनिधि खरेललाई उन्मुक्ति दिने प्रयास भन्सार विभागबाटै सुरु भएको रहस्य खुल्न थालेको छ ।
विराटनगर भन्सारमा रहेका भन्सार प्रतिनिधि शरण खरेल पनि एजेन्ट नम्बर ४२३ को काठमाडाैं क्लियरिङ्ग एण्ड फरवर्डिङ्गकै भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न भएको हुँदा भन्सार कर्मचारीसँगै कार्वाहीको भागीदार भएको कुरा विराटनगर भन्सार स्रोतले बताएको छ । भन्सार जाँचपासमा पटक पटक विवादमा तानिदै आएका शरण खरेल संलग्न भएर घटाएको पछिल्लो घट्ना सार्वजनिक भएसँगै विराटनगर भन्सारमा सरुवा भई आएका नयाँ भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले भन्सार एजेन्ट र भन्सार प्रतिनिधिको परिचयात्मक कार्यक्रममा लामो समयदेखि विराटनगर भन्सार भित्र हुने भन्सार प्रतिनिधिको सेटिङ्गदेखि राजश्व छलीमा संलग्न हुने बिरुद्ध आफु कडा रुपमा प्रस्तुत हुने र कुनै सम्झौता नगर्ने चेतावनी दिएपछि भन्सार प्रतिनिधिहरु तिल्मिलाएको बताइएको छ ।
विराटनगर भन्सारमा भन्सार जाँचपासको काममा संलग्न एजेन्ट नम्बर ४२३ बीरगन्ज भन्सारको भन्सार एजेन्टमा कार्यरत भएर उनकै प्रतिनिधिका रुपमा शरण (सन्तोष) खरेलले काठमाडौंको देव इन्टरनेशनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान जाँचपास गर्ने क्रममा करोडौं राजश्व छली गरी सेटिङ्गमा सामान जाँचपास गराएपछि तत्कालिन भन्सार प्रमुख तारा सापकोटाको रातारात सरुवा पनि भईसकेको छ ।
र याे पनि….भन्सार प्रमुखको सरुवा गरी भन्सार प्रतिनिधिलाई उन्मुक्ति दिने भन्सार विभाग र अर्थ मन्त्रालयको तयारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा प्रतिपक्ष र सत्ता पक्षको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार
कोशीमा बजेट अधिवेशन कि नयाँ सरकार अह्वान ?
बैशाख २६, २०८१ बुधबार
मातातिर्थ औैसीमा भट्टराई छोरीबुहारीले दमकमा गरे जेष्ठ नागरिकलाई सम्मान
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार