समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १३:३३:३
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सोमबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेका सभापति देउवाले मंगलबार 'भोलि' दिउँसो तीन बजे बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो। कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेसको व्यवस्था छ।
पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको देउवाको सचिवालयले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भएपनि देउवाले ३७ जनाको बनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट नयाँ गठबन्धन बनाएपछि कांग्रेससहितको गठबन्धन टुटेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी लगायतका दल नयाँ गठबन्धनमा सहभागी हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
बुद्धका उपदेश पालना गरौं : देउवा
जेठ १०, २०८१ बिहिबार
‘बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस्’
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार