न्यूरो साइन्समा अब्बल बन्दै नेपाल मेडिसिटी, रक्तचाप, मधुमेह र मोटोपनबाट जोगिन सुझाव
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १६:४३:४९
२३ चैत, ललितपुर । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमका न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आए पनि ब्रेनस्ट्रोक, ट्युमरदेखि मेरुदण्डको सर्जरीमा नयाँ प्रविधि थपेको छ । हालसम्म अस्पतालले २ हजार भन्दा बढि ब्रेन सर्जरी गरिसकेको जनाएको छ । जसमध्ये ब्रेन ट्युमर,आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया आदि छन् ।
मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्ने विषयमा नेपाल मेडिसिटी अस्पतालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा डा गोपालरमण शर्माले मस्तिष्काघातको उपचार महङ्गो रहेको भन्दै मस्तिष्काघात भएपछि छिटोभन्दा छिटो अस्पताल ल्याउनु आवश्यक रहेको बताए । उनले मस्तिष्काघात भएका बिरामीलाई छिटोभन्दा छिटो अस्पताल नल्याए पक्षघात हुने वा बचाउन कठिन हुने अवस्था भएकाले बढीमा चार÷पाँच घण्टाभित्रै अस्पताल ल्याइसक्न सम्बन्धित सबैसँग अनुरोध गरे ।
स्नायुरोग विशेषज्ञ डा बाबुराम पोखरेलले व्यक्तिको अनुहार बिग्रने, शरीरको सन्तुलनसहित आँखाको ज्योति गुम्ने, बोली लरबरिने र हातले काम गर्न छाड्नेजस्ता सङ्केत मस्तिष्काघातको लक्षण हुनसक्ने भन्दै त्यसतर्फ सचेत भई बिरामीलाई अस्पताल लैजान सुझाव दिए । स्नायुरोग विशेषज्ञले नसर्ने रोगका रुपमा परिचित मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु हुने गरेको, पक्षघातको समस्या झेल्नुपरेको र ठूलो धनजनको नोक्सान भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरे ।
पत्रकार सम्मेलनमा अस्पतालले मस्तिष्काघातसम्बन्धी समस्या समाधानका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइएको, चिरफार शल्यक्रिया (ओपन सर्जरी) र सानो प्वाल बनाई (न्यूरो इन्टरभेन्सन) विधिबाट शल्यक्रिया गर्दै आएको र निकट भविष्यमा ‘कम्प्रिहेन्सिभ स्ट्रोक सन्टेर’ सञ्चालन गर्न लागेको जनाएको छ । अस्पतालले सबै किसिमका न्यूरो सम्बन्धित समस्याहरुको उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टर्रभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्यूरो रेडियोलोजिस्ट,न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूरो रिहाबिलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहने जनाएको छ ।
अस्पतालका अनुसार अस्पतालको न्यूरोसर्जरीको विशेषता भनेको बिरामीले कुन विधिबाट शल्यक्रिया गर्ने भनेर आफैले छान्न पाउँछन् । यहाँ ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी ( साने प्वाल बनाई गरिने शल्यक्रिया) को सुविधा रहेको छ । नन इन्भेसिभ सर्जरी गर्न नेपालकै पहिलो महिला न्यूरो इन्र्टभेन्सनल न्यूरोसर्जन डा.प्रसन्ना कार्की यस अस्पतालमा कार्यरत छिन् । पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको छ । यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने गर्दछ ।
गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएको १५० भन्दा बढि बिरामीहरुको शल्यक्रिया गरिएको छ । यस विधि वा न्यूरो इन्र्टभेन्सन प्रोसिड्रमा थ्रोमबेक्टोमी। एन्यूरिजम काइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्दछन् । इन्र्टभेन्सन प्रोसिड्युुरबाट गरेको शल्यक्रिया सफल हुनु आफैमा सन्ताषजनक नतिजा रहेको न्यूरोसर्जरी प्रमुख प्रा. डा. गोपाल रमण शर्माले बताए । २८ गर्ष भन्दा बढि न्यूरो सर्जरीको अनुभव भएका प्रा. डा. शर्माले हालसम्म २० हजार भन्दा बढि शल्यक्रिया गरिसकेको र नेपाल मेडिसिटी अस्पतालमा जटिल खालका सर्जरीहरु सम्भव रहेको अस्पतालको भनाइ छ ।
प्रायजसो देशभरबाट सम्भव नभएका तथा अन्य अस्पतालबाट रिफर बिरामीहरु आउने गरेका छन् । उनका अनुसार अस्पतालमा उपलब्ध अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष विशेषज्ञ चिकित्सकहरुका कारण जटिल केसहरुको पनि शल्यक्रिया यहाँ सम्भव भएको हो । न्यूरो साइन्स विभागभित्र सबै किसिमका सेवा उपलब्ध छ जसमा न्यूरोलोजी, न्यूरोसर्जरी, न्यूरोरेडियोलेजी,इएनटी, न्यूरो ओप्थाल्मोलोजी, न्यूरो अंकोलोजी, न्यूरो ट्रमा, न्यूरो प्याथोलोजी, न्यूरो क्रटिकल आइसियू, न्यूरो एनेस्थेसिया र न्यूरो रिहाबिलिटेसनको सेवा रहकै कारण सफल शल्यक्रिया सम्भव भएको हो ।
अस्पतालको मृत्युदर हेर्ने हो भने ब्रेन ट्युमर सर्जरीमा एक प्रतिशत भन्दा कम, एन्युरिजम न्यूरोभास्कुलर सर्जरीमा १० प्रतिशत र गम्भीर हेड इन्ज्युरीमा २० प्रतिशत भन्दा कम मृत्युदर रहेको छ । यो तथ्याङ्क अन्तराष्ट्रिय स्तरबाट हेर्दा निकै राम्रो रहेको प्रा. डा. शर्मा बताउँछन् । त्यस्तै, अस्पतालको न्यूरो सर्जरी अपरेशन थिएटरमा न्यूरो मोनिटर, मोडुलर शल्यक्रिया कक्ष, न्यूरो नेभिगेसन, न्यूरो फिजियोलोजिकल मोेनिटरिङ र ट्रान्सक्रानिकल डोपलर जस्ता अत्याधुनिक मेसिनहरु जडान गरिएको छ । न्यूरो आइसियुमा १२ वटा बेड छ जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा छ भने एक बेडमा एक नर्स र २४ सै घण्टा न्यूरो एनेस्थेटिस रहन्छन् ।
न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्यनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरू स्ट्रोकको उपचार गर्दागर्दै मृन्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाखमा मानिसले मात्रै हउपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दास्रो स्तरमा स्ट्रोक रहेको छ । यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको हो । यस सेन्टर मार्फत बिरामीलाई ब्रेन स्ट्राक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिन्छ ।
डा. प्रसन्ना कार्कीका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । “बिरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधि राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टा भन्दा ढिला भए शल्यक्रिया सम्भव हँुदैन भने बिरामीहरुमा प्यारालाईसिस हुनछ,” उनले भनिन् । स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यालाईसिस भई अपाङगता हुने सम्भावना सहन्छ ।
ब्रेन स्ट्रोक समय अनुरुप संवेदनशील छ र समयमै अस्पताल आइपुगे आजीजन प्यारालाईसिस हुनबाट बचिन्छ, उनले भनिन् । त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेशन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पुर्याउँदै आएको छ । जसरी एक्युट उपचारको लागि समयमै अस्पताल पुग्न जरुरी छ, त्यसरी नै स्ट्रोक पुर्नस्थापनाको लागि फिजिकल रिहाबिलिटेसनको जरुरत रहेको उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार