अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १०:५५:१६
१२ वैशाख, काठमाडौं । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ ।
यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ । सिनेटमा यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो ।
बाइडेनले प्याकेजको प्रशंसा गर्दै भने, 'यो प्रस्ताव महत्त्वपूर्ण छ र यसले हाम्रो देश र विश्वलाई पहिले भन्दा पहिले भन्दा सुरक्षित बनाउनेछ किनकि हामीले हमास जस्ता आतंककारी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग लड्ने हाम्रा साथीहरूलाई मद्दत गर्छौं । हामी बचाउन लडिरहेका छौं।'
यस प्याकेजमा, इजरायललाई २६.४ बिलियन डलर सैन्य सहायता दिइएको छ, जसमा गाजामा मानवीय सहायताका लागि ९.१ बिलियन डलर छुट्याएको छ । त्यस्तै ताइवानलाई ८.१ बिलियन डलर दिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षाका लागि किसानले गरे भ्यागुताको विवाह
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार