ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १०:५७:४२
१२ वैशाख, गण्डकी । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
“विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिन्छ”, प्रमुख सुवेदीले भने, “सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।” उहाँले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिने बताए ।
उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । अस्पताल जानुपर्ने अवस्था भए सोही अनुसारका सल्लाह दिइने उनले जानकारी दिए ।
वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको हो । वडाध्यक्ष मोती तिम्सिनाले महानगरकै नमूना कार्यक्रमका रूपमा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार