जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १४:५१:२
१२ वैशाख, टोक्यो । जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ ।
आफ्नो अवतरण सटीकताका लागि ‘मुन स्नाइपर’ भनिने स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) जनवरीमा चन्द्रमाको सतहमा आएको थियो । यसबाट जापान चन्द्रमामा सफ्ट अवतरण हासिल गर्ने पाँचौँ मुलुक बन्यो ।
यद्यपि कछुवा गतिमा चल्ने एउटा मिनी–रोभर बोकेको मानवरहित हलुका यो अन्तरिक्ष यान एउटा अस्पष्ट कोणमा उत्रिँदा उसको सौर्य प्यानल गलत दिशामा गयो ।
निराशावादी भविष्यवाणीहरूलाई बेवास्ता गर्दै फेब्रुअरीको अन्त्यमा पृथ्वीको करिब १४ दिनसम्म चल्ने चन्द्र रात समाप्त भएपछि अनुसन्धानलाई पुनर्जीवित गरिएको थियो ।
माइनस एक सय ३० डिग्री सेल्सियससम्मको न्यूनतम तापक्रमको सामना गरेपछि यसले गत महिनाको अन्त्यमा यो उपलब्धि दोहोर्यायो र नयाँ तस्बिरहरू पृथ्वीमा पठायो ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले बुधबार यानले तेस्रो पटक बिउँझिएपछि परीक्षणसँग सञ्चार गर्न पुनः सफल भएको बताएको छ । सामाजिक सञ्जाल एक्समा जाक्साले उक्त ल्यान्डरबाट प्राप्त चन्द्रमाको सतहको एउटा तस्बिर पोस्ट गरेको छ ।
“एसएआइएमले तीन रातसम्म जीवित रहेपछि आफ्नो मुख्य काम जारी राखेको छ”, जाक्साले भनेको छ । यसअघि जाक्साले अन्तरिक्ष यानलाई कठोर चन्द्र रातका लागि डिजाइन नगरिएको बताएको थियो ।
“हामी एसएआइएमको अवस्थाको सावधानीपूर्वक अनुसन्धान गर्न जारी राख्नेछौँ र दिन र रातमा चन्द्रमाको वातावरणमा निर्भर गर्दै कुन भाग बिग्रने सम्भावना छ र कुन भाग बिग्रने सम्भावना कम छ भनेर स्पष्ट गर्नेछौँ”, जाक्साले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
बाँकेको वनमा लागेको आगो निभाउँदै
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार