ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १५:१०:३९
मुकेश कुमार यादब
१२ वैशाख, सिराहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) खरिद विक्री हुने गरेको छ । कर्मचारीहरूले विचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास गराउने गरेको खुलेको छ ।
ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस बापत रकम बुझाएपछि सजिलै लाइसेन्स हातलाग्ने सेवाग्राहीहरुले बताएका छन् । सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाइकलको लाइसेन्सका लागी ट्रायल दिए । तर, उनी एक पटक पनि पास हुन सकेन । तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे ।
सिराहामा जुन सुकै गाडीको लाइसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै पाइने ती युवकले बताए । उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पासगरे । तर, तीन पटक ट्रायल दिँंदापनि पास हुन सकिएन् । घुस नदिई लाइसेन्स लिउँ भनेको मुस्किल रहेछ ।’
सिरहा धनगढीमाइका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन् । तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन । उनी लेखपढ समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाइसेन्स लिए । उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन । पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सबै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीयासँंग अवैध रकम बुझाएर लाइसेन्स लिएँ ।’
ट्याक्टर, म्याजिक र विङर चालक मात्र हैन यहाँबाट लाइसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमा मात्र लाइसेन्स पाउने गरेको एक विचौलियाले बताए । ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरूलाई पनि थोरै कोटा दिएको हुन्छ । त्यहि अनुसार सेटिङमा काम हुने हो ।’ यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुशेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माग्ने गरेको भन्ने मलाई जानकारी छैन । भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गर्छु ।’
उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिने मात्र हो, बाँकी काम यातायात कार्यालयले गर्ने भएकोले हाम्रो खासै भुमिकापनि हुँदैन । सिरहामा विना बिचौलियाको लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काटे ।
यातायात र ट्राफिक प्रहरीले लाइसेन्स बापत अवैध रुपमा उठाइएको रकम जिल्ला, प्रदेश र विभागसम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाए । उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरूको मिलेमतोमा विचौलीया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गर्ने गरिएको छ ।’
ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलीया खडागरी खुलेयाम रुपमा ड्राइभिङ लाइसेन्स विक्रिवितरण गरिरहेको सेवाग्राहीहरु बताउछन् । ड्राइभिङ लाइसेन्स लिन विचौलीयासंँग सेटिङ नमिले नपाइने सेवाग्राहीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने
बैशाख २३, २०८१ आइतबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
चोरले निलेको एक तोला सुन ३६ घण्टापछि दिसाबाट निकालियो
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार