आगालागीबाट ललितपुर र भक्तपुरमा ७ जना घाइते, पौने २ करोडको क्षति
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार ११:५६:२९
२३ वैशाख, काठमाडौं । ललितपुर र भक्तपुरको दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा भएको आगलागीमा ७ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी हुँदा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल उपचार भइरहेको छ । मोबिल स्टोर रहेको टहरोमा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् । यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा भएको आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने घाइते दुई जनामध्ये एक जनाको अवस्था गम्भीर छ ।
सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति १२ बजे आगो लागेको थियो । आज बिहान ४ बजे आगो नियन्त्रणमा लिइए पनि हालसम्म पनि पूर्णरुपमा ननिभेको भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले आगो लागेको स्थानबाट अहिले पनि धुवाँ आइरहेकाले दमकल र स्काभेटरको सहयोगमा आगो निभाउने काम जारी रहेको बताए ।
आगो निभाउन भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत खटिएको थियो । आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् ।
भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भिर घाइते भएका छन् । उनलाई भक्तपुरको डा.ईवामुरा अस्पतालबाट थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । आगलागीबाट १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द
जेठ ११, २०८१ शुक्रबार
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
जेठ ११, २०८१ शुक्रबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ११, २०८१ शुक्रबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार