काठमाडौं आइपुगिन जापानी विदेशमन्त्री खामिखावा, आजै परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १२:५९:१२
२३ वैशाख, काठमाडौं । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी हुन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन् ।
भ्रमणका क्रममा उहाँले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नुहुने छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ११, २०८१ शुक्रबार
कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकियो
जेठ ११, २०८१ शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ११, २०८१ शुक्रबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार