गोपालमानबिरुद्ध अनुशासन समितिमा उजुरी, पैसा खाएर टिकट बाँडे्को आरोप
इन्द्र रिजाल
बैशाख ८, २०७६ सोमबार ३:४:५३
काठमाडाैं । गोपालमान श्रेष्ठका कारण स्याङ्गजामा नेपाली कांग्रेसको संगठन सर्वाधिक कमजोर हुन पुगेको गम्भिर आरोप लगाउदै स्याङ्गजाकै कांग्रेस नेता एवं महासमिति सदस्य भोजराज अर्यालले केन्द्रिय अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । दर्ता न. १३८ रहेको सो उजुरीमा उनलाई हदैसम्मको अनुशासनको कारवाही गर्न माग राखिएको छ । उक्त उजुरी गत चैत्र २९ गते कांग्रेस केन्द्रिय कार्यालयमा दर्ता भएको हो ।
उजुरीमा नेता अर्यालले गतबर्ष सम्पन्न स्थानिय,प्रदेश र संघीय चुनावको टिकट वितरणमा गोपालमानले आफ्नै कार्यकर्तामाझ लिलाम बढाबढमा टिकट बिक्रीवितरण गरेको तथा आफ्नो गुटइतरका कांग्रेस उम्मेदवारहरुलाई हराउन सशक्त भुमिका निर्वाह गरेको गम्भिर आरोप लगाइएको छ । नेता अर्यालले स्याङजा कांग्रेसको बलियो संगठनलाई ध्वस्त बनाउन गोपालमानले गरेका सबै गलत हर्कतहरुको फेरहिस्ती बारे स्याङ्जाका निष्ठावान, इमान्दार र पुराना कांग्रेस कार्यकर्ताहरु जानकार रहेको उजुरीमा उल्लेख गरेका छन् ।
श्रेष्ठले पार्टी विभाजनका बेला प्रजातान्त्रिकमा आबद्ध कार्यकर्ताबाहेक अरुलाई कांग्रेस नै नठान्ने प्रवृत्ति देखाइरहेका छन् । आफ्नो गुटमा नआउने र उनलाई जी हजुरी नगर्ने जति सबैलाई संगठनबाट किनारा लगाउन पैसाको चलखेल गर्ने र पार्टीलाई आफ्नो मुठ्ठीको माखो बनाउने हदैसम्मको घिनलाग्दो कार्य गर्दै आएकोले उनलाई अनुशासनहिनताको कठोर कारवाही गर्नुपर्ने माग नेता अर्यालको छ ।
पृष्ठभुमिसहितको चार बुँदे आरोपमा अर्यालले गत प्रदेशसभा चुनावका बेला स्याङ्जा क्षेत्र न. २ (क) बाट उम्मेदवारको टिकट दिन आफुलाई घरमै बोलाई टिकट मिलाईदिए वापत कति पैसा दिन सक्नुहुन्छ भनि सोध्दा आफुले एक पैसा पनि दिन सक्दिन भन्ने जवाफ फर्काएपछि पैसा नदिने भए टिकट पनि दिन सक्दिन भनेको उजुरीमा उल्लेख गरेका छन् । पछि सो क्षेत्रको टिकट मोटो रकम असुलेर संगठनमा खासै योगदान नभएका उनी निकटलाई टिकट बिक्री गरेको दावी गरिएकोे छ ।
अनुशासन समितिमा दर्ता गरिएको सो उजुरीमा भनिएको छ :– २०४८ सालको पहिलो आमनिर्वाचनमा स्याङ्जाका ४ वटै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएको थियो । जसको श्रेय सो बेलासम्म कांग्रेसलाई डोर्याउने अग्रजहरुलाई जान्छ । तर, ०५१ सालको मध्यावधी निर्वाचनमा कांग्रेसभित्र भाइरस पसिसकेको थियो । महामानव बीपी कोइरालाले भनेजस्तै कांग्रेस सत्तामा पुगेपछि सुकिलामुकिलाहरुको पार्टीमा हावी हुन थालेको र चरम अनुशासनहिनताले गर्दा स्याङ्जाले आफ्नो पुरानो बिरासत जोगाउन सकेन । ०४८ सालको निर्वाचनमा स्याङ्जाबाट नै अत्याधिक बहुमतले निर्वाचित भएर गएका गोपालमानकै कारण कांग्रेसमा अनुशासनहिनता, भ्रष्टाचार र गुटबन्दी शुरु भयाे, जसको असर स्याङ्जा कांग्रेसमा पनि पर्यो । त्यसले कांग्रेसको संगठन अधोगतितर्फ उन्मुख भयो । पार्टीभित्र बढेको गुटबन्दीले पुराना नेता कार्यकर्तालाई वेवास्ता गर्ने परिपाटी र पैसा लिएर टिकट बाँड्ने पद्धतिको विकाससँगै आफ्नो गुट इतरको उम्मेद्धारलाई हराउन अर्कै पार्टीको उम्मेद्धारलाई भोट हाल्न लगाउने प्रबृत्तिले गतवर्ष सम्पन्न स्थानिय, प्रदेश र केन्द्रको चुनावमा स्याङ्जा कांग्रेसले दर्दनाक हार व्यहोरेको हो ।
स्याङ्जाका ११ वटा स्थनिय निकायमा तीनवटा, ६ वटा प्रदेश सभामा १ र संघीय संसदमा शुन्य विजयले कांग्रेसका तमाम कार्यकर्तालाई लज्जित बनाएको छ । यसको मुल कारण पार्टी विभाजनका बेला नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति तथा निरन्तर आफ्नै हैकमबाट जिल्लाको संगठन चलाउन खोज्ने वर्तमान केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ भएको ठहर उजुरीमा गरिएको छ । श्रेष्ठले पार्टी विभाजनका बेला प्रजातान्त्रिकमा आबद्ध कार्यकर्ताबाहेक अरुलाई कांग्रेस नै नठान्ने प्रवृत्ति देखाइरहेका छन् । आफ्नो गुटमा नआउने र उनलाई जी हजुरी नगर्ने जति सबैलाई संगठनबाट किनारा लगाउन पैसाको चलखेल गर्ने र पार्टीलाई आफ्नो मुठ्ठीको माखो बनाउने हदैसम्मको घिनलाग्दो कार्य गर्दै आएकोले उनलाई अनुशासनहिनताको कठोर कारवाही गर्नुपर्ने माग नेता अर्यालको छ ।
नेता अर्यालले गोपालमानबिरुद्ध चारवटा बुँदा किटान गर्दै आफुसँग पैसा मागेको मात्रै होइन तत्कालिन पार्टी सभापति कमल पंगेनीलाई स्याङ्जाकै प्रदेश सभाको क्षेत्र नं. १ (ख) बाट हराउनसमेत गोपालमानले आफ्ना गुटका कार्यकर्ता परिचालन गरेको उजुरीमा उल्लेख गरेका छन् । एउटै गुटका भएपनि पछिल्लो समय उनीहरुबीच खटपट चलेको र पंगेनीलाई जसरी पनि हराउनु पर्छ भन्दै गोपालमानले भूमिका खेलेको स्वयं पंगेनीले आफुसँगको कुराकानीमा बताएको दावी गरिएको छ ।
केन्द्रमा आफ्नो पहुँच र हैकम विस्तार गरी स्याङ्जाको टिकट आफ्नै पोल्टाबाट बाँड्ने र केन्द्रीय नेतृत्वले त्यसमा आँखा चिम्लिँदा स्याङ्जा कांगे्रस दिन प्रतिदिन कमजोर हुँदै गएकोले गोपालमानबाट स्याङ्जा कांग्रेसलाई राहत दिन र मुक्त गर्न सो उजुरीमा अनुरोध गरिएको छ ।
नेता अर्यालले गोपालमानबिरुद्ध चारवटा बुँदा किटान गर्दै आफुसँग पैसा मागेको मात्रै होइन तत्कालिन पार्टी सभापति कमल पंगेनीलाई स्याङ्जाकै प्रदेश सभाको क्षेत्र नं. १ (ख) बाट हराउनसमेत गोपालमानले आफ्ना गुटका कार्यकर्ता परिचालन गरेको उजुरीमा उल्लेख गरेका छन् । एउटै गुटका भएपनि पछिल्लो समय उनीहरुबीच खटपट चलेको र पंगेनीलाई जसरी पनि हराउनु पर्छ भन्दै गोपालमानले भूमिका खेलेको स्वयं पंगेनीले आफुसँगको कुराकानीमा बताएको दावी गरिएको छ ।
त्यस्तै गत स्थानीय निर्वाचनमा आफ्नो गुट इतरकी वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारी तथा वडा नं. ६ का वडा अध्यक्षका उम्मेद्दार नेत्रप्रसाद पाण्डेलाई हराउन निर्देशित गरेको तथ्य बाहिर आईसकेको छ । गोपालमानको सो हर्कतले गर्दा तिवारीले झिनो मतअन्तरले चुनाव जित्न सफल भएकी थिइन् । उनलाई प्रमुखको भन्दा करिब ७ सय मत कम परेको थियो । गोपालमानले प्रमुखमा आफ्ना गुटका कार्यकर्ता दीलिप खाँडलाई र उपप्रमुखमा एमालेका उम्मेद्दारलाई भोट दिन सर्कुलर जारी गरेको प्रशस्त उदाहरण रहेको दावी उक्त उजुरीमा गरिएको छ । त्यस्तै वडा नं. ६ का उम्मेद्दार पाण्डेलाई ७० मत क्रस र ५० मत खाली राख्न लगाई जम्मा ३६ मत अन्तरले मात्र पराजय भोग्न बाध्य पारेको तथ्य उजागर गरिएको छ ।
नेता अर्यालको उजुरीमा स्याङ्जामा निर्वाचनका बेला आफ्नो गुटकालाई मात्र अधिकांश ठाउँमा टिकट वितरण गरिएको र जनप्रिय भएर टिकट पाएका अर्को गुटका साथीहरुलाई हराउन खुल्मखुल्ला निर्देशित गरेको आरोप उक्त उजुरीमा उल्लेख छ । पुराना नेता कार्यकर्तासँग कुनै छलफल नगर्ने र आफ्नो गुटकालाई मात्र नेतृत्वमा पुर्याउन चलखेल गर्ने कारणले स्याङ्जामा कांग्रेसको गति दिनानुदिन कमजोर हुँदै गएको तथा कार्यकर्ता पंतिमा चरम निराशा र असन्तुष्टि व्याप्त रहेकोले गोपालमानलाई अनुशासनको कठोर कारवाही नगरेसम्म स्याङ्जा कांग्रेसको विरासत नफर्कने ठोकुवा गरिएको छ ।
कुनै पार्टी बलियो बन्न सैद्धान्तिक निष्ठा र कठोर अनुशासन अपरिहार्य रहेको उल्लेख गर्दैै नेता अर्यालले बीपी कोइरालाले भन्ने गरेको कांग्रेसको संगठन हेर्न स्याङ्जा जानू भन्ने वाणीलाई स्मरण गरेका छन् । राजामाथि भएको बमकाण्ड होस् वा ०३६ सालको जनमत संग्रह, ०४२ सालको सत्याग्रह वा ०४६ सालको ऐतिहासिक जनआन्दोलन लगायतका अनगिन्ति आन्दोलनहरुमा स्याङ्जाका निष्ठा र त्यागले भरिपुर्ण पुराना साथीहरुको योगदान तथा वर्तमानका युवा साथीहरुको जुझारु भूमिका नजरअन्दाज नगर्न केन्द्रीय नेतृत्वलाई सो उजुरीमार्फत ध्यानाकर्षण पनि गरिएको छ ।
को हुन् नेता अर्याल…….
२०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना गर्न महत्वपूर्ण भुमिका खेलेर नेपाली राजनीतिमा प्रवेश गरेका भोजराज अर्याल तत्कालिन पञ्चायतविरुद्धको आन्दोलनमा धेरैपटक जेलनेल खाएका व्यक्ति हुन् । २०३१ सालबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएर राजनीतिमा हाम फालेका व्यक्ति हुन् अर्याल ।
०३१ सालबाटै पार्टीको प्रारम्भिक समितिमा रहेर काम शुरु गरेका अर्याल २०३६ सालको विद्यार्थी आन्दोलनका कमाण्डर समेत हुन् । अर्यालले २०३७ सालको जनमत संग्रहमा ७ नम्वर इलाकाको संयोजक भएर काम गरेका थिए । दुवै आन्दोलनका क्रममा अर्याललाई तत्कालिन पञ्चायती सरकारले गिर्फतार गरी कास्की कारागार पु¥याएको थियो । सो क्रममा उनलाई हातका औलामा पीन ठोक्ने र टाउकामा लाठी बजार्ने काम पनि भएको थियो ।
०३६ सालको आन्दोलनमा अर्यालको टाउकाको मुल्य समेत तोकिएको थियो । उनको टाउको ल्याउने व्यक्तिलाई तत्कालिन बेला ५० हजार रुपैयाँ पुरस्कारसमेत तोकिएको थियो । २०४२ सालको सत्याग्रहको आन्दोलनमा रुपन्देहीको सालझण्डीबाट गिर्फतारी परेका अर्याल एकबर्षसम्म जेल बस्न बाध्य भएका थिए ।
२०४६ सालको जनआन्दोलनमा स्याङ्जा सदरमुकामबाट पक्राउ परि जिल्ला कारागारमा बिताएका थिए । स्याङ्जाको शिक्षण पेशामा रहदा रहदै २०३६ सालबाट कांग्रेसको चर्को राजनीति गरेका अर्याल पञ्चायतविरुद्ध लड्दै जादाँ शारिरिक र मानसिक यातना समेत पाएका व्यक्ति हुन् । ठुलो पदको लाभमा नपुगेका अर्यालले २०४९ सालमा वालिङ गाविसको अध्यक्ष र ०५४ सालमा वालिङ नगर प्रमुखमा विजयी भएर सामाजिक काम गरेका जनप्रिय व्यक्तिका रुपमा परिचित छन् ।
देशको बदलिदो परिस्थितिसगै जुध्दै पार्टीमा क्रियाशिल रहदै स्याङ्जा कांग्रेसको संगठनलाई मजबुत बनाउने महत्वपूर्ण भुमिका अर्यालको छ । आठौं महाधिवेशनबाट पार्टीको दुई कार्यकाल सचिव हुदै हालसम्म महासमिति सदस्य रहदै आएका उनी गुटगत राजनीतिले चर्को रुप लिन थालेपछि राजनीतिबाट पुर्ण थकाई नमारे पनि कृषि पेशामा सक्रिय छन् ।
पछिल्लो समय कांग्रेसको जिल्ला तहका नेताले खोज्न छाडेपनि उनको जनता र कार्यकर्ता माझ बलियो प्रभाव रहेको पाईन्छ । २०७० को संविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर २ बाट एक नम्बरमा कार्यकर्ताले सिफारिस गर्दा पनि उनले टिकट पाएनन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा भने पैसाकै कारण टिकट नपाएको अर्यालको गुनासो छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
जुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार