हेरौं त प्रस्तावित राजदूतका नालीबेली
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार १८:२७:२७
काठमाडौं । दुई तिहाईको समर्थन प्राप्त सरकार देशमा समृद्धि ल्याउने नारा घन्काइरहेको छ । सरकारमा आएको डेढ वर्ष वितिसक्दा पनि केपी ओली नेतृत्वको सरकारले समृद्धि केवल नारामा सीमित गरिदिएको छ ।
सरकारका हरेक काम र निर्णय देश र जनताप्रति कम पार्टी र नेताप्रति बढी आशक्त छन् । जनताको नाममा राजनीति गर्ने नेपाल कम्युनिष्ट पार्टीका नेताहरु व्यक्तिगत गुट चलाएर राज्यसंयन्त्रको दोहन गरिरहेका छन् । यो अभियानमा ओली सरकार यसअघिका सबै सरकारलाई उछिन्न सफल भएको छ । यसको पछिल्लो श्रृंखलाका रुपमा भर्खरै सिफारिस गरिएको विभिन्न चारजना राजदूतका अनुहार हेरे पुग्छ ।
अब त राजदूत बन्न नेताको हुक्के, बैठके र नातागोताका नजिकका मानिस भए पुग्यो योग्यता । हुनपनि शेर्पाको योग्यता भनेको स्व. पासाङ ल्ह्यामु शेर्पाको छोरी हुनु नै उनको सबैभन्दा ठूलो योग्यता बन्यो । साथै उनका काका आङ छिरिङ शेर्पा ओलीका भित्रिया थिए । आङछिरिङको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो ।
आजको दुनियाँमा कूटनीतिको ठूलो महत्व छ । अझ आर्थिक कूटनीति अहिलेको जल्दोबल्दो मुद्धा हो । संसारमा आर्थिक कूटनीतिलाई नै सबैभन्दा बढी महत्व दिने गरिन्छ । आर्थिक समृद्धि नै आजको कूटनीतिको मूल आधार हो । यसका लागि राज्यले लामो समय कूटनीतिक क्षेत्रमा काम गरेका र बुझेका मानिसलाई जिम्मेवारी दिने प्रचलन छ । तर वर्तमान ओली सरकार भने आफ्ना कार्यकर्ता भर्ती केन्द्रका रुपमा कूटनीतिक क्षेत्रको समेत दुरुपयोग गर्ने अभियानलाई तीब्रता दिन उद्यत छ ।
ओली सरकारले भर्खरै मात्र चारजनालाई विभिन्न मुलुकको राजदूतमा सिफारिश गरेको छ । ती चारैजनाको विगत र अनुभव हेर्ने हो भने नेपालको समग्र प्रतिनिधित्व गर्ने खालको देखिन्न । केवल आफन्त र कार्यकर्ताको जागिरका लागि मात्र नियुक्त गर्न खोजिएको प्रतित हुन्छ । अन्यत्र भने कूटनीतिक क्षेत्रमा हाम्रो भन्दा राम्रो मान्छेको चयन गर्ने गरिन्छ । यसको पछिल्लो उदाहरणका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि विदेश मन्त्रीमा चयन गरेका एस. जयशंकरलाई हेरे पुग्छ । उनी भारतीय जनता पार्टीका कार्यकर्ता होइनन् । समर्थक होलान् तर उनी मूलत कूटनीतिक क्षेत्रका ज्ञाता हुन् । अघिल्लो वर्षसम्म उनी विदेश मन्त्रालयका सचिव थिए । उनलाई मादीेले विदेश मन्त्री बनाए ।
अब हाम्रो अवस्था हेरौं । प्रधानमन्त्री ओलीले सिफारिस गरेका चारजना प्रस्तावित राजदूतको व्यक्तिगत विवरण । पहिला कुरा गरौं, स्पेनका लागि सिफारिस गरिएकी दावा फुटी शेर्पाको कुरा । कूटनीतिक क्षेत्रले यो नाम आजसम्म कहीं कतै सुनेको थिएन । परराष्ट्र मन्त्रालयका एकजना सहसचिवले भने– अब त राजदूत बन्न नेताको हुक्के, बैठके र नातागोताका नजिकका मानिस भए पुग्यो योग्यता । हुनपनि शेर्पाको योग्यता भनेको स्व. पासाङ ल्ह्यामु शेर्पाको छोरी हुनु नै उनको सबैभन्दा ठूलो योग्यता बन्यो । साथै उनका काका आङ छिरिङ शेर्पा ओलीका भित्रिया थिए । आङछिरिङको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो ।
३४ वर्षीया दावा फुटीले कूटनीतिको क पनि जानेकी छैनन् । युरोपको स्पेन जस्तो मुलुकको राजदूतमा सिफारिश भएकी दावा फुटीले के काम गर्लिन् नेपालको आर्थिक समृद्धिका लागि भनेर सरकारले कुनै योजना कार्यक्रम दिएको छैन । देशकै प्रतिनिधित्व गर्ने पदमा आफन्त भर्ती गर्ने उद्येश्य राखेर काम गर्न अग्रसर भएको सरकारबाट कस्तो अपेक्षा गर्ने ?
अर्का पात्र हुन्– महेश दाहाल । नेपाली राजनीतिक वृत्तमा उनलाई तिहुन चखुवाको उपाधि मिलेको छ । गएको असोज महिनासम्म उनी नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता थिए । चितवनका स्थायी वासिन्दा महेश विगतमा नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् । सुशील कोइराला सरकारका बेला उनी नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पद पाउने सफल र चतुर कांग्रेसी थिए । तर समय फेरिएपछि उनले पुष्पकमल दाहालसँग काकाभतिजको साइनो जोडे । अनि पड्काएका छन् ,अष्ट्रेलिया जस्तो महत्वपूर्ण मुलुककोे राजदूत पद ।
यद्यपि तत्कालिन एमालेको विदेश विभागको सदस्य भईसकेका उनको सबैभन्दा ठूलो योग्यता भनेको पञ्चायतकालमा ओलीसँगै १२ वर्ष कारावास बस्नु नै हो । जेल वस्दा अक्सफोर्ड डिक्सनेरी कण्ठाग्र गरी घोकेका नारदले ओलीलाई अंग्रेजी पढाएका थिए । त्यसैको बदलामा उनलाई सिफारिश गरिएको छ कतारका लागि राजदूतमा ।
करिब एक लाख नेपाली बसोवास गर्ने अष्ट्रेलियासँग हाम्रो दरिलो कूटनीतिक सम्वन्ध छ । यो मुलुकमा पाको र लामो समय कूटनीतिक क्षेत्रमा खारिएको मानिसलाई राजदूत बनाइनु पर्ने हो । तर चतुर खेलाडी महेशको कूटनीतिक बृत्तमा के योगदान र अनुभव छ , त्यो नेपाली जनतालाई स्मरण छैन । पद र पैसाका लागि जस्तोसुकै सम्झौता गर्नसक्ने खुबी भएका महेशले अष्ट्रेलियाबाट नेपाललाई के दिलाउने हैसियत र ल्याकत राख्छन् , भन्न सक्ने अवस्था छैन ।
अर्का व्यक्ति छन् – नारद भारद्वाज । स्वभाव शालिन छ , अंगे्रजीका सहप्राध्यापक रहिसकेका उनी कूटनीतिक क्षेत्रको कुनै ज्ञान राख्ने अनुभवीमा भने पर्दैनन् । यद्यपि तत्कालिन एमालेको विदेश विभागको सदस्य भईसकेका उनको सबैभन्दा ठूलो योग्यता भनेको पञ्चायतकालमा ओलीसँगै १२ वर्ष कारावास बस्नु नै हो । जेल वस्दा अक्सफोर्ड डिक्सनेरी कण्ठाग्र गरी घोकेका नारदले ओलीलाई अंग्रेजी पढाएका थिए । त्यसैको बदलामा उनलाई सिफारिश गरिएको छ कतारका लागि राजदूतमा ।
ओली सरकार जसरी भएपनि मुुलुकको ढुकटी रित्याएर आफन्त र कार्यकर्ता पोस्ने एक सूत्रीय अभियानमा रहेको यसले प्रमाणित गरेको छ । समृद्ध नेपाल सुखी नेपाली फगत देखाउने दाँत मात्र हो ।
झण्डै ५ लाख नेपाली कामदार रहेको मुलुक कतार नेपालका लागि ज्यादै संवेदनशील राष्ट्र हो । यहाँ पठाइने राजदूत कूटनीतिक क्षेत्रको ज्ञाता मात्रै भएर पनि पुग्दैन । खासगरी श्रमिकसँग जोडिने मुद्धालाई राम्ररी बुझ्न सक्ने र कूटनीतिक क्षेत्रको अनुभव समेत भएको व्यक्तिले मात्र कतारको समस्याको हल खोज्न सक्छ । यो मुद्धामा पनि ओलीले राम्रो भन्दा हाम्रो मान्छे नै छान्ने गल्ती गरेका छन् ।
त्यसैगरी राजदूतमा सिफारिस हुने अर्का भाग्यमानी छन् – डा. बंशीधर मिश्र । ने क पा नेता माधवकुमार नेपालका पिछलग्गु डाक्टर साहेवले चुनाव हारेपनि बेरोजगार हुनु परेन । अब उनी बंगलादेशको राजदूत बन्ने भएका छन् । उनी कूटनीतिक क्षेत्रका बारे कुनै जानकार होइनन् । उनको योग्यता भनेकै माधव नेपालको मनपर्ने मान्छे हुनु हो । ओलीले पनि नेपाललाई खुुसी पार्न बंशीधरको नाम राजदूतमा सिफारिश गरेका छन् । वंशीधर मेडिकल डाक्टर हुन् । तर उनी जनताको सेवा गर्ने हैसियतमा छैनन् । स्वास्थ राज्यमन्त्री भइसकेका उनको विवादास्पद मनमोहन अस्पतालमा लगानी छ । डा. गोविन्द के सी विरुद्ध चर्काे गुटबन्दी गरी मेडिकल कलेजको सम्बन्धन उम्काउन उनी विगतमा धेरै सक्रिय थिए । यस्ता भ्रष्ट चरित्र भएका व्यक्तिले नेपालका लागि के काम गर्ने हुुन ? पत्याउन मुश्किल छ ।
यिनै चार जना प्रस्तावित राजदूतको नामले नै सरकारको आगामी कार्यदिशाबारे स्पष्ट गरेको छ । ओली सरकार जसरी भएपनि मुुलुकको ढुकटी रित्याएर आफन्त र कार्यकर्ता पोस्ने एक सूत्रीय अभियानमा रहेको यसले प्रमाणित गरेको छ । समृद्ध नेपाल सुखी नेपाली फगत देखाउने दाँत मात्र हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार