ओलीको युरोप यात्रा, इशाईकरणको श्रुंखला !
इन्द्र रिजाल
असार १, २०७६ सोमबार १:१:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सानोतिनो जुलुस नै लिएर युरोप सयर गरी आज स्वदेश फर्किएका छन् । गत जेठ २५ गते युरोप भ्रमणमा निस्कँदा उनको मुहारमा जुन तेज देखिन्थ्यो आज फर्कंदा भने गलित/थकित देखिए । किनभने उनको युरोप भ्रमण फगत् र बिना उपलव्धिको बन्न पुग्यो ।
अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको शतबार्षिकी समारोहमा भाग लिन सुरुमा स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रममा उनको सहभागिता अर्थविहिन थियो । किनभने श्रममन्त्री मात्रको उपस्थितिले पनि त्यो वैठक पूर्ण हुने अवस्था थियो ।
बेलायती सेनामा भर्ती हुने गोर्खा सैनिकका बारेमा भारतको संलग्नताको अब कुनै औचित्य छैन । मुद्धालाई सतहमा देखाएर उनले भित्रभित्रै अरु नै काम पो गरे की भनेर शंका उपशंका गर्ने ठाउँ भने दिए । उनको परराष्ट्र मामला हेर्ने टिम आलोकाँचो देखियो ।
ओलीको भ्रमणका पछाडि लुकेको चाहना अरु नै हुन सक्छ । तर आवरणमा भने नेपाल र नेपालीको हित रक्षाको मुद्धा अघि सारिएको थियो । भ्रमणका बेला बेलायतसँगको गोर्खा सैनिक सम्वन्धी महत्वपूर्ण सन्धि पुनरावलोकन गर्ने सन्दर्भ उठाइयो । जुन सान्दर्भिक र नेपालको हितको पक्षमा थियो र छ पनि । नेपाल, भारत र बेलायतबीच सन् १९४७ नोभेम्बर ९ मा सम्पन्न उक्त त्रिपक्षीय सन्धि अब धेरै पुरानो भइसकेको छ ।
आज यो सन्धिमा परिमार्जन गरी बेलायतसँग द्विपक्षीय गर्दा नेपाललाई फाइदा पुग्ने हो । समयानुकल परिमार्जन गर्दा मुलुकको हितमा हुने निश्चित हो । तर बेलायती प्रधानमन्त्री टेरेजा मेलेले राजिनामा दिएको बेला उनी भ्रमणमा जानु भनेको कूटनीतिक सुझबुझ बिल्कुलै नहुनु हो । किनभने राजिनामा दिएको कार्यकारी प्रमुखले दीर्घकालिन असर पर्ने सन्धिसम्झौतामा हस्ताक्षर गर्ने हैसियत राख्दैन । यतिको ज्ञानसमेत नभएका प्रधानमन्त्री ओलीले बेलायती समकक्षीसँगको भेटमा यो प्रसंग उठाउनु लाजमर्दाे कुरा हो । त्यसैले आवरणमा देखिएको भन्दा भिन्न उद्येश्य र लक्ष्यका साथ ओलीको युरोप यात्रा भएको मान्नेहरु धेरै छन् ।
स्वभाविक रुपमा बेलायतसँग कुनै निर्णय गर्नसक्ने हैसियत थिएन । तर यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमै घोर बेइज्जत भयो । बेलायत र नेपालले जारी गरेको संयुक्त वक्तव्यमा सन्धि परिमार्जनको सन्दर्भमा कुनै चर्चा भएको उल्लेख गरिएन । बेलायती सेनामा भर्ती हुने गोर्खा सैनिकका बारेमा भारतको संलग्नताको अब कुनै औचित्य छैन । मुद्धालाई सतहमा देखाएर उनले भित्रभित्रै अरु नै काम पो गरे की भनेर शंका उपशंका गर्ने ठाउँ भने दिए । उनको परराष्ट्र मामला हेर्ने टिम आलोकाँचो देखियो ।
बाहिर देखाउने कुनै गतिलो मुद्धा नभएपछि ओलीले नेपाली समुदायसँग भेट्ने र अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिएरै आफ्नो भ्रमणको औचित्य पुष्टि गर्ने कोशिश गरे । लगत्तै फ्रान्स पुगेका ओलीको भ्रमण पनि श्रीमती राधिका शाक्यलाई पेरिसको आईफिल टावर अवलोकन गराउन सफल मानियो । अन्तरंगमा भने उनले अरु नै मुद्धामा मात्रै आफूलाई सरिक गराएको ठान्नेहरु प्रशस्त छन् ।
बिना तयारी युरोप यात्रामा निस्कँदा मुलुकले करोडौंको खर्च व्यहोर्नु परेको छ । केवल ओली र उनका मन परेकाहरुको सयरका लागि मात्र मुलुकले यत्रो धनराशीको व्ययभार खप्नुपर्ने अवस्था आएको छ । ओलीको यो भ्रमणप्रति स्वयं परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी समेत आश्चर्यका परेका छन् । कूटनीतिक क्षेत्रका ज्ञाताहरुले पनि ओलीको कूटनीतिक बचकनाको आलोचना गरेका छन् । यद्यपि भित्रभित्रै ओलीले ठूलै मिशन पूरा गरेको मान्नेहरु पनि छन् ।
फ्रान्स भ्रमणका बेला भू–उपग्रह खरिदको सम्झौता गर्ने हौवा पिटाइएको थियो । तर उपलव्धिशून्य । नेपाल अब स्याटलाइट युगमा प्रवेश गरेको भनेर दुनियाँ सामू डिङ हाँकेका उनले तयार गरिएको कम्पनीसँग सम्झौता गर्न सकेनन् । स्याटलाइट उपलब्ध गराउने भनिएको कम्पनी कालोसूचीमा परेको खबर उनले त्यही पुगेपछि मात्र चाल पाए । कुन कम्पनीको अवस्था के छ भन्नेसम्मको हेक्का राख्न नसक्ने सल्लाहकार समूहको जम्बो टोली बोकेर पेरिस पुगेका उनको भ्रमण निरर्थक बन्यो रुपमा । सारमा के गरे त्यो अहिले सार्वजनिक भइसकेको छैन । यस्तै नेपाली विमानलाई फ्रान्सलगायत युरोपेली अकाशमा उड्न अनुमति दिलाउने गुड्डी हाँकेका उनको प्रस्तावलाई फ्रान्सले धोती लगाइदिएको छ । तर आज नेपाल फर्केपछि विमानस्थलमा पत्रकारहरुसँग उनी भन्दै थिए – अब नेपाली विमानले युरोपको अकाश प्रयोग गर्न सक्ने वातावरण तयार भएको छ । ठोस रुपमा के काम भएको छ, त्यो भने उनले बताउन सकेनन् ।
बिना तयारी युरोप यात्रामा निस्कँदा मुलुकले करोडौंको खर्च व्यहोर्नु परेको छ । केवल ओली र उनका मन परेकाहरुको सयरका लागि मात्र मुलुकले यत्रो धनराशीको व्ययभार खप्नुपर्ने अवस्था आएको छ । ओलीको यो भ्रमणप्रति स्वयं परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी समेत आश्चर्यका परेका छन् । कूटनीतिक क्षेत्रका ज्ञाताहरुले पनि ओलीको कूटनीतिक बचकनाको आलोचना गरेका छन् । यद्यपि भित्रभित्रै ओलीले ठूलै मिशन पूरा गरेको मान्नेहरु पनि छन् ।
ओलीको युरोप भ्रमण त्यसै भएको थिएन । यसका पछाडि ठूलो रहस्य लुकेको मान्नेहरु प्रशस्त छन् । प्रधानमन्त्रीको युरोप यात्रा सुरु हुनु र संसद्मा गुठी विधेयक दर्ता हुनु केवल संयोग मात्र होइन ।
प्रधानमन्त्री ओलीको सचिवालयले पनि भ्रमणबाट के के प्राप्ति भयो भनेर स्पष्ट गर्न सकेको छैन । स्वदेश फर्के लगत्तै सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा लम्बेतान फेहरिस्त राखिएको छ । विभिन्न ९ बुँदामा जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमणको सिलसिलेवार तालिका मात्र समेटिएको छ । कुन दिन कहाँ गएको , कसलाई भेटेको जस्ता प्रसंग मात्र विज्ञप्तिमा उल्लेख गरिएको छ । कुनै उपलव्धि भएको विषयलाई राख्न नसक्नुलाई फितलो कूटनीतिक भ्रमण टिप्पणी गरिएको छ । यसबारे संसद्मा पक्कै कुरा उठ्ने नै छ । विपक्षी मात्र होइन सत्ता पक्षले समेत यो विषयमा गम्भिरतापूर्वक कुरा उठाउने बुझिएको छ ।
अब चुरो कुरोतिर जाऊँ । ओलीको युरोप भ्रमण त्यसै भएको थिएन । यसका पछाडि ठूलो रहस्य लुकेको मान्नेहरु प्रशस्त छन् । प्रधानमन्त्रीको युरोप यात्रा सुरु हुनु र संसद्मा गुठी विधेयक दर्ता हुनु केवल संयोग मात्र होइन । यसलाई विपक्षीले मात्र होइन सत्तापक्षीय नेता कार्यकर्ताले समेत पत्याएका छैनन् । खासगरी उपत्यकाका नेवार समुदायसँग आवद्ध नेता कार्यकर्ताले यो विषयलाई नेपाली धर्म, संस्कृति र परम्परा मास्न पश्चिमाको ग्राण्ड डिजाइन अन्तर्गत गराइएको भ्रमण भनेर विश्लेषण गरेका छन् ।
बाघ कराउनु र बाख्रा हराउनुको तालमेल यसैसँग जोडेर हेर्न थालिएको छ । किनभने कुनै प्रसंग र मुद्धा नभएका बेला ओली युरोप भ्रमणमा निस्कनुका पछाडि नेपालमा इशाईकरणको मुुद्धा नै मुख्य हो भन्ने ठम्याई उनीहरुको रहेको छ । स्मरण रहोस् ओली लगायत नेकपाका शीर्ष नेताहरुको इशाइ धर्म प्रचारकको भूमिका सार्वजनिक भइसकेका छन् । ओली आफैं पनि होलीवाइनको अगुवा हुन् । त्यसैले ओलीको युरोप यात्रालाई बाहिर जसरी व्याख्या गरिएपनि भित्र चाहिं इशाईकरणकै श्रुंखलाका रुपमा जोडेर लिनेहरु धेरै छन् । यसबारे भोलिका दिन थप स्पष्ट हुने नै छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार