गुठी विधेयक : माइतीघरमा प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी [हेर्नुस भिडियोसहित]
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार २१:५८:१६
काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले फिर्ता लिएको गुठी विधेयकविरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न ठाउँबाट बुधबार दिउँसो माइतीघरमा हजारौं मानिसहरु जम्मा भएर विशाल प्रर्दशन गर्दै सरकारको विरोध गरेका हुन।
गुठी विद्येयकविरद्ध सरकारले मंगलबार साझ पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले काठमाडौंको माइतीघरमा जनप्रदर्शन गरेका हुन् ।
राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट निकालिएको विशाल जुलुसमा हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका हुन् । प्रदर्शनमा सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन् ।
जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाउदै नेवा एकता जिन्दावाद, ओली सरकार मुर्दावाद, सञ्चारमन्त्री राजीनामा दे, सरकार तेरो पाराले दुख पाए साराले लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी भएका गुठीयारहरुले गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका थिए ।विशाल प्रदर्शनमा सहभागीहरुले बाजा गाजा सहित नारा लगाउदै नाचेर प्रर्दशन गरेका छन ।
हेर्नुस भिडियो :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार