श्रीमतीको हत्या गरेर जेल गएका पूर्वडीआईजी कोइराला छुटे
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १८:२९:५६
८ साउन, काठमाडौं । श्रीमतीको हत्या गरेर लास जलाउदै गरेका बेला पक्राउ परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला जेलबाट छुटेका छन् । सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई पुर्नविचार गरी कैद सजाय छोट्याएपछि उनी आज जेलबाट छुटेका हुन् ।
आठ वर्ष ६ महिना कैद सजाय भुक्तान भएपछि कोइरालालाई थुनामुक्त गरेको डिल्लीबजार कारागारले जनाएको छ । कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्याई पेट्रोल छर्केर जलाएका थिए।
श्रीमतीको हत्या गरेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सर्वस्वसहित जन्मकैद चर्को सजाय हुने भन्दै कैद सजाय घटाएको थियो।
कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेको थियो। जसका कारण उनी छुटेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार