नेकपा नगर कमिटी सचिव कोइरालालाई बलात्कार आरोप
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार २०:५१:९
प्रकाश डोटेल
२६ साउन, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका नेकपा नगर कमिटी सचिव राजु कोईरालालाई बलात्कार आरोप लागेको छ । चापाकोट नगरपालिका १० बोटेटारकी एक दलित महिलालाई बलात्कार गरेको कोइरालालाई आरोप लागेको हो ।
बैदेशिक रोजगारबाट घर फर्किएका श्रीमान क्वारेन्टाइनमा रहेका समयमा कोईरालाले अन्दाजी ३५ वर्षकी दलित महिलालाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारमा परेकी महिललाई ५ लाख दिएर कोइरालाले घटनालाई लुकाएको समेत स्थानीयले आरोप लगाएका छन् ।
कोइरालालाई बलात्कार आरोप लागेपछि चापाकोट नेकपा नगर कमिटिले आरोपलाई खण्डन गरेको छ । आरोपित कोइरालालाई बचाउन नगर कमिटिले विज्ञप्ति जारी गर्दै घटनाको खण्डन मात्रै नगरी युवाहरु परिचलान गरेर ¥याली समेत प्रदर्शन गरेको स्थानीयले बताएका छन् ।
आरोपित कोइरालाले आफूले कुनै महिलालाई बलात्कार नगरेको दाबी गरे । उनले भने, “मैले कोही कसैलाई अनैतिक व्यवहार गरेको छैन्, तर अनाहकमा आरोपित हुनु परेको छ ।” आफ्नो राजनीतिक हैसियतलाई सिध्याउनका लागि विरोधीले बलात्कारको आरोप लगाएको उनले बताए ।
बलात्कृत महिलाका श्रीमान क्वारेन्टाइनमा रहेको मौकामा कोइरालाले महिलाको घरमा गएर बलात्कार गरेको र महिलाका ससुराले कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएपछि घटना बाहिर आएको स्थानीयले बताए । स्थानीयका अनुसार घटनालाई नचर्काउन आग्रह गर्दै कोइरालाले दलित परिवारलाई ५ लाख नगदसमेत दिएका थिए ।
घटनालाई अतिरञ्जित गरेको भन्दै चापोकाट नगरपालिका ४ का विश्वास पुरी र प्रतिककमार गैह्रलाई चापाकोट नेकपा नगर कमिटीले कारबाहीको माग गरेको छ । बलात्कार आरोप लागेका कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुको सट्टा उल्टै निर्दोष नागरिकलाई कारबाही गर्न माग गरेपछि स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
आरोपी कोइरालाको विगत विवादास्पद छ । उनलाई स्थानीय युवाहरु परिचालन गरे काठ तस्करी गरेको आरोप पनि लागेको छ । उनले स्थानीय फर्निचर व्यवसायीलाई आर्थिक लगानी र परिचालन गरेर काठ तस्करी गरेको समेत स्थानीयले आरोप लगाएका छन् । स्थानीयले अरोपी कोइरालालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन् । आरोप लागेपछि अनुन्धान गर्नुपर्ने निकायले मौनता साधेर आरोपितलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीय सहज रुपमा कारबाही नगरे कोइराला र स्थानीय प्रशासन बिरुद्ध आन्दोलन थाल्ने समेत चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार