राज्यमन्त्रीको कुर्सीमा बसेर दुगडको अवैध धन्दा ! उपभोक्तामाथि डकैती शैलीमा लुट !!
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार २३:५१:५०
१२ भदौ, काठमाडौं । विराटनगरका प्रतिष्ठित व्यापारी एवं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड । मोरङमा धेरै पुरानाे व्यापारिक कम्पनी छ, ‘दुगर स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रा.लि’ । जुन सेन्चुरी ग्रुप अफ कम्पनीकाे सदस्य पनि हाे । यही कम्पनीबाट उपत्पादित तथा वितरित मसलादेखि नुनसम्म बेचेर उनले अर्बौ पैसा कमाउने व्यापार गर्छन् । त्यही पैसाबाट उनले राज्यमन्त्री पद किनेका पनि हुन भनिन्छ । जो सिंहदरबारमा बसेर शासन त गर्छन । तर उपभोक्तामाथि ब्रम्हलुट मच्चाइरहेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका दुगडले सिंहदरबारमा बसेर अवैध धन्दा चलाउने गरेको पाइएको छ । पद र पैसाको बलमा आफ्नै मन्त्रालय मातहतको निकायलाई गुम्राहमा राखेर दुगडले ‘टेबल साल्ट’का नाममा उपभोक्तामाथि डकैतीशैलीमा लुट मच्चाएको पाइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको शक्ति देखाएर दुगडले गुणस्तर जाँच नगरी, सम्बन्धित निकायबाट स्वीकृति पनि नलिई सेन्चुरी मसलाको ब्यानरमा ‘टेबल साल्ट’ उत्पादन गरेर बजारमा खुलेआम महंगो मूल्यमा बिक्री वितरण गरेको पाइन्छ । टेबल साल्ट दुगर स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रा.लि.द्धारा उत्पादित भनिएपनि यसबारे थप जानकारी छैन् । सेन्चुरी मसला उत्पादन गर्ने टेबल साल्ट दुगर स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रा.लि.को कार्यालय मोरङमा छ । तर नुन उत्पादन र वितरण गर्ने अधिकार दुगडलाई मात्रै होइन, नेपालको कुनै पनि कम्पनीलाई छैन् ।
तर पनि बजारमा टेबुल साल्ट छ्यापछ्याप्ती छ । जुन रेष्टुरेन्टमा गएपनि टेबुल साल्ट पाइन्छ । उनीहरुले चर्को मूल्यमा किन्छन् र आफ्ना उपभोक्तालाई ‘सर्भ’ गर्छन् ।
सुन्दै मुर्छा पर्ने मूल्य, उपभोक्तामाथि लुटैलुट !
टेबूल साल्ट भनेर बजारमा पाइने नुन प्रति ट्याब्लेट ३२ रुपैयाँमा बिक्री भइरहेको छ । भाटभटेनी सुपर मार्केटमा हालै एक ग्राहकले किनेको यो नुनको मूल्य ३२ रुपैयाँ छ । जुन सुन्दै मुर्छा पर्नुपर्ने खालको छ ।
जक कि एक किलो आयोडिनयुक्त नुनको मूल्य २० रुपैयाँ मात्रै छ । साल्ट टे«डिङले बिक्री गर्ने आयोडिनयुक्त नुनको मूल्य एक किलोको २० रुपैयाँ पर्दा झण्डै १०० ग्रामको टेबुल साल्टको मूल्य मात्रै प्रतिट्याब्लेट ३२ रुपैयाँ छ । एउटा ट्याब्लेटको ३२ रुपैयाँका दरले बेचिने टेबल साल्ट प्रतिप्याकेट १ सय २८ रुपैयाँमा बिक्री हुन्छ । एउटा प्याकेटमा ४ वटा ट्याब्लेट राखेर बिक्री गरिने टेबलु साल्ट एक किलो आयोनुनको आधा पनि हुदैन् ।
२० रुपैयाँ प्रतिकिलो पाइने आयोडिन नुनभन्दा भारी महंगो पर्ने टेबुल साल्टबाट उपभोक्ता ठगिएका मात्रै छैनन्, राज्यमन्त्री दुगडबाट लुटिएका छन् । नागरिकलाई सुशासन, उपभोक्तालाई गुणस्तरीय सेवा दिन तथा अनियमितता एवं कालोबजारी गर्नेलाई कारवाही गर्ने जिम्मेवारीमा रहेका राज्यमन्त्री दुगड आफै जनतामाथि ‘लुट’ मच्चाउन तल्लीन छन् ।
साल्ट ट्रेडिङ बेखबर, गुणस्तर विभाग खोजबिन गर्दै !
आयोडिनयुक्त नुन उत्पादन तथा वितरण ऐनमा टेकेर साल्ट टेडिङ कम्पनीले आयोनुनको उत्पादन र वितरण गर्छ । नेपालमा साल्ट टे«ेडिङ बाहेक अरुलाई आयोडिन नुन उत्पादन र वितरण गर्ने अधिकार छैन् । तर दुगडले कसरी टेबल साल्टका नाममा ट्याब्लेटमा हालेर नुन उत्पादन र बिक्री गरिरहेका छन् ? भन्नेबारेमा साल्ट ट्रेडिङ नै बेखबर छ ।
कम्पनीका प्रवक्ता ब्रजेश झाले आफूले साल्ट नुनबारे अहिलेसम्म कुनै सूचना नपाएको बताए । सञ्चारमाध्यमबाटै जिज्ञासासम्म सुनेपनि यसबारे अहिलेसम्म आधिकारिक कुनै जानकारी नपाएको उनको भनाई छ । ‘टेबुल साल्ट भन्ने कुरा अहिलेसम्म मैले सुनेको छैन । यसको उत्पादन, बिक्री वितरण भन्ने कुरा त झनै थाहा पाएको छैन’ प्रवक्ता झाले भने, ‘तपाई जस्तै पत्रकारले सोधेपछि पो मैले यसबारे केही दिनयता सुने । तर टेबुल साल्ट नुन भन्ने कस्तो हुन्छ ? देखेको छैन् ।’
प्रवक्ता झाका अनुसार आयोडिन नुनको आधिकारिक उत्पादन तथा वितरण गर्ने साल्ट ट्रेडिङमा टेबुल साल्टबारे कुनै जानकारीसम्म आएको छैन् । राज्यमन्त्री दुगडको कम्पनीले सेन्चुरी मसला उत्पादन गरेर बिक्री गर्छ भन्ने जानकारी भएपनि सेञ्चुरीकै नामबाट नुन समेत उत्पादन र बिक्री हुन्छ भन्नेमा लगभग सबै सम्बन्धित निकाय बेखबर छन् ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएको छ । विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसीले ‘टेबुल साल्ट’बारे अहिलेसम्म कुनै सुचना, जानकारी र गुनासो नआएको बताए । ‘अहिलेसम्म टेबल साल्टबारे मैले सुनेको छैन् । विभागले यसबारेमा कुनै पनि अध्ययन, अनुसन्धान र गुणस्तर जाँच गरेको छैन’ उनले भने, ‘आयोडिन नुनको उत्पादन र बिक्री गर्ने अधिकार साल्ट ट्रेडिङलाई मात्र छ । त्यसको गुणस्तरबारेमा कहिलेकाँही छलफल र सल्लाह हुन्छ । त्यसबाहेक अरु कुनै जानकारी पाइएको छैन् ।’
पहिलोपटक बजारमा यसरी टेबल साल्टका नाममा आयोडिन नुन बिक्री भएको जानकारी पाएपछि अब अध्ययन, अनुसन्धान र छानबिन शुरु गर्ने उनको भनाई छ । खासगरी टेबल साल्ट कसरी उत्पादन गरिएको हो ? कुन कुन खाद्य पदार्थ मिलाएर बनाइएको हो ? भन्ने बारेमा अहिलेसम्म नखुलाइएको उनको भनाई छ ।
राज्यमन्त्रीको कुर्सीमा बसेर दुगडको अवैध धन्दा !
खासगरी रेष्टुरेन्ट सञ्चालकलाई सहज पार्ने गरी उत्पादन तथा बिक्री गरिने टेबल साल्ट महंगो छ नै । यसबाट उपभोक्ता भने नराम्ररी ठगिएका छन् । एक किलो आयोडिन नुन २० रुपैयाँमा पाइने भएपनि एक ट्याब्लेट नुनकै ३२ रुपैयाँ तिर्नुपर्ने भएपछि रेष्टुरेन्ट सञ्चालक र उपभोक्ता लुटिएका हुन् ।
साल्ट ट्रेडिङलाई जानकारी नदिई, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तर जाँच नगराई, वाणिज्य विभागलाई समेत थाहै नदिई अवैध रुपमा दुगडले धन्दा चलाईरहेको यसबाट थाहा हुन्छ । कम्पनीले हरेक नयाँ उत्पादन बजारमा ल्याउँदा पहिले गुणस्तर जाँच गर्नुपर्छ भने यसबारेमा वाणिज्य विभागमा जानकारी दिई सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ । तर अहिलेसम्म यसबारेमा कुनै औपचारिक अनुमति नलिई दुगडले टेबल साल्टका नामबाट अवैध धन्दा चलाइरहेको प्रष्ट हुन्छ ।
विभाग भन्छ– ‘निषेधाज्ञा खुलेपछि अनुगमन गर्छौ’
बजारमा एक बर्षदेखि टेबुल साल्ट बिक्री भइरहेको देखिन्छ । उत्पादन कम्पनी दुगर स्पाइसिज एण्ड फुड प्रोडक्सन प्रा.लिले पनि एक बर्षदेखि उत्पादन गरेर बेचिरहेको स्पष्ट पारेको छ । तर अहिलेसम्म पनि यसबारेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने आफूले कनुै जानकारी नपाएको बताएको छ । गुनासो नआएपछि जानकारी नपाउने र अनुगमन नहुने पनि विभागका अधिकारीको भनाई छ ।
विभागका निरीक्षण अधिकृत ध्रुव खनालले यसबारे आफूले अहिलेसम्म कुनै जानकारी र गुनासो नपाएको बताए । ‘अहिलेसम्म हामीले यसबारेमा गुनासो सुनेका छैनौ’ उनले भने, ‘अब निषेधाज्ञा खुलेपछि बजार अनुगमन गर्दा यसबारे पनि सोधीखोजी गर्छौ ।’ उनका अनुसार बजारमा यसप्रकारको कुनै गुनासो नआएकाले अनुगमन नगरिएको हो । भाटभटेनी, बिगमार्ट जस्ता सुपरमार्केटमा यसअघि पटक पटक अनुगमन गरेर कारवाही गरेपनि यसबारे पहिलोपटक सुनेको उनले बताएका छन् ।
सेन्चुरी मसलाका विषयमा पटक पटक अनुगमन गरेको विभागले टेबुल साल्टका विषयमा कुनै जानकारी नभएको स्पष्ट पारेको छ । अहिले निषेधाज्ञाका कारण सबै पसल तथा सुपरमार्केट बन्द रहेकाले खुलेपछि अनुगमन तीब्र पार्ने उनको भनाई छ ।
उत्पादक कम्पनी भन्छ, ‘लाइसेन्स लिइसकेका छौ’
यसबारेको अध्ययन अनुसन्धानका क्रममा हामीले सामाजिक सञ्जालदेखि इन्टरनेटसम्म पनि खोजी ग¥यौ । इन्टरनेटमा सेन्चुरी मसला उत्पादन गर्ने कम्पनीको वेभसाइट नै छ भने सामाजिक सञ्जालमा पनि यो कम्पनी सक्रिय छ । दुगर स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रालिका नाममा रहेको यो कम्पनीले टेबुल साल्टलाई पत्रपत्रिका, अनलाइन संचारमाध्यम र सामाजिक सञ्जालमार्फत व्यापक प्रचार प्रसार गरिरहेको पनि पाइन्छ ।
विराटनगरको पोखरियामा मुख्य कार्यालय राखेको यो कम्पनीले यसको उत्पादन एक बर्षदेखि शुरु गरेको बताएको छ । कार्यालयका ‘राना क्षेत्री’ नाम गरेका एक कर्मचारीले नेपाल बहससँग भने, ‘हामीले एक बर्षदेखि टेबुल साल्टको उत्पादन र बिक्री वितरण गरिरहेका छौ । नुनको नयाँ प्याकेट पनि उत्पादन गर्ने योजना छ ।’
उनका अनुसार टेबूल साल्ट अरु कुनै नयाँ उत्पादन नभई आयोडिन नुनलाई ट्याब्लेटमा राखेर बिक्री वितरण गरिएको हो । तर साल्ट ट्रेडिङले मात्रै बिक्री गर्ने यो नुन कसरी दुगड कम्पनीबाट अवैध रुपमा उत्पादन र बिक्री भइरहेको छ ? भन्ने प्रश्न मुख्य छ । त्यसमाथि कर्मचारीको दाबी झन अनौठो छ ।
यसको आधिकारिकताका बारेमा प्रश्न गर्दा आफूले सम्बन्धित कार्यालयबाट इजाजत लिइसकेको कार्यालयका ती कर्मचारीको दाबी छ । ‘हामीले सम्बन्धित निकायबाट लाइसेन्स लिइसकेका छौ । यो प्रक्रिया पूरा गरेरै उत्पादन गरेका हौ’ उनले भने ।
तर टेबुल साल्टबारे आयोडिन नुनको उत्पादन तथा वितरण गर्ने आधिकारिक निकाय नेपाल साल्ट ट्रेडिङ कम्पनीले आफूलाई कुनै जानकारी नभएको बताएको छ । साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि टेबुल नुनको गुणस्तर मापन र बिक्री वितरणबारे आधिकारिक जानकारी नभएको बताएका छन् ।
सम्बन्धित निकायले नेपालबहसलाई दिएको जवाफ हामीले दुगर स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रालिसमक्ष राख्यौ । जवाफमा राना क्षेत्री नाम गरेका ती कर्मचारीले बल्ल अकमकिदै दर्ताका लागि प्रक्रिया शुरु गरेको दाबी गरे । ‘हामीले सम्बन्धित निकायसँग प्रक्रिया शुरु गरेका छौ’ उनले भने, ‘उपभोक्ताको हितका लागि बनाएका हौ । आवश्यक प्रक्रिया बिस्तारै पूरा गर्छौ ।’ मालिकले नै अवैध धन्दा लादेपछि कम्पनीका कर्मचारी ढाट्न बाध्य छन् ।
मन्त्री दुगडलाई प्रश्न– ‘उपभोक्तामाथि लुट मच्चाउन पाइन्छ ?’
मोतीलाल दुगड पछिल्ल्लो एक बर्षयता उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुन् । खाद्य गुणस्तर तथा गुण नियन्त्रण विभाग कृषि मन्त्रालय अन्तर्गत परेपनि बाँकी दुई वटा निकायलाई भने वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमन गर्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल साल्ट ट्रेडिङ कम्पनीले जानकारी नभएको भनेपछि मन्त्री दुगडकै प्रभावमा ‘टेबूल साल्ट’को लूटबारे चुप बसेको देखिन्छ । तर दुवै निकायले यसबारेमा अहिलेसम्म कुनै गुनासो नआएको दाबी गरेका छन् ।
नयाँ उत्पादन बजारमा ल्याउनुभन्दा पहिले दर्ता गर्नुपर्ने, गुणस्तर जाँच गर्नुपर्ने, निश्चित मूल्य तोक्नुपर्ने, उत्पादन कुन कुन खाद्य पदार्थ मिलेर बनाइएको त्यो स्पष्ट खुलाउनुपर्ने लगायतका मापदण्ड छन् ।
तर टेबूल साल्टका विषयमा दुगडले कुनै पनि मापदण्डको पालना गरेका छैनन् । त्यसमाथि आयोडिन नुन प्लाष्टिकको ट्याब्लेट (सानो डिब्बां)मा हालेर चर्को मूल्यमा बेच्नु ठूलो लूट हो । राज्यमन्त्रीको यो कुर्सीमा बसेर दुगडले यसरी लूट मच्चाउन पाइन्छ ? यसरी लुट मच्चाउनुसँगै राजश्व छलीदेखि लिएर अवैध काम गरेको पनि पुष्टि हुदैन र ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार