राज्यमन्त्री दुगडको अवैध धन्दाको पर्दाफास ! तत्काल कारवाही गर्न प्रधानमन्त्रीसँग माग
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २१:५६:३०
१८ असोज, काठमाडौं । टेबल साल्टका नाममा उपभोक्तामाथि लुट मच्चाएका उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।
‘दुगड स्पाइसीज एण्ड फुड्स प्रालि’बाट उत्पादन गरेको भन्दै आयोडीन नुनलाई प्याकेटमा हाली महंगोमा बिक्री गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडको कम्पनीलाई कारवाही गर्न मञ्चले प्रधानमन्त्री ओलीलाई पत्र पठाएको हो ।
वाणिज्य विभागबाट अनुमति नलिइकन अवैध रुपमा टेबल साल्ट बिक्री गर्ने गरेको, खाद्य गुणस्तरबाट समेत अनुमति नलिएर बजारमा उपभोक्तामाथि ठगी गरेकाले मन्त्री दुगड र उनको कम्पनी दुगड स्पाईसीज एण्ड फुड्स प्रालिलाई कारवाही गर्न मञ्चले शुक्रबार पत्र पठाएको हो ।
आयोडीन नुनको उत्पादन र बिक्री वितरण गर्ने अधिकार नेपाल साल्ट ट्रेडिङलाई मात्रै छ । तर साल्ट ट्रेडिङलाई समेत थाहै नदिई दुगडको कम्पनीले आयोडीन नुनलाई ट्याब्लेटमा हालेर १०० ग्राम भएको प्रतिट्याब्लेट नुन दुगडको कम्पनीले ३५ रुपैयाँमा बेच्दै आएको छ ।
एउटा प्याकेटमा ४ वटासम्म ट्याब्लेट हालेर दुगडको कम्पनीले प्रतिप्याकेट १ सय ३२ देखि १ सय ४० रुपैयाँसम्म बिक्री गरिरहेको छ । काठमाडौंका भाटभटेनी, बिगमार्ट लगायतका सुपरमार्केटमा खुलेआम साे साल्ट अवैध रुपमा बिक्री भइरहेपछि नेपालबहस डटकमले समाचार प्रकाशन गरेको थियो ।
नेपालबहसकै समाचार प्रकाशनपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले टेबल साल्टमाथि अनुसन्धान शुरु गरेको थियो । मोरङमा रहेको कम्पनीको प्रधान कार्यालयबाट स्याम्पल संकलन तथा कागजात मगाएर विभागले गुणस्तर समेत जाँच गरेको थियो ।
गुणस्तर जाँच तथा अनुसन्धानका क्रममा कम्पनीले टेबल साल्टका लागि अनुमति नलिएको, गुणस्तर परीक्षण नगरेको र बजारमूल्यभन्दा १० गुणा महंगोमा बिक्री गरिरहेको पाइएको थियो ।
साथै वाणिज्य विभागबाट समेत सेन्चुरी मसलाको अनुमति लिएपनि टेबुल साल्टको अनुमति नलिएको पाइएको थियो । एकपछि अर्को गरी महंगो मूल्यमा लुट नै मच्चाउने गरी राज्यमन्त्रीको कम्पनीले अवैध नुन बिक्री गर्दै आएपछि उपभोक्ता हित संरक्षण मञ्चले गुणस्तर विभाग र वाणिज्य विभागमा पत्र पठाएर थप सुचना उपलब्ध गराउन आग्रह गरेको थियो ।
सोहीअनुसार दुगडको कम्पनीले अनुमति नलिएर साल्ट ट्रेडिङको अधिकारको बर्खिलाप आफैले नुन उत्पादन गरेको भन्दै आयोडीन नुन अवैध रुपमा बिक्री गरिररहेको भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेको हो । यसरी उपभोक्तालाई ठगी गर्ने र अवैध नुन बेच्ने दुगड र उनको कम्पनीलाई कारवाही गर्ने मञ्चले प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ ।
यो पनि पढ्नुहोस :
राज्यमन्त्रीको कुर्सीमा बसेर दुगडको अवैध धन्दा ! उपभोक्तामाथि डकैती शैलीमा लुट !!
‘टेबुल साल्ट’माथि अनुसन्धान शुरु, तर वाणिज्य विभाग जिम्मेवारीबाट पन्छिदै
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार