घुमुवा परिचालन गर्दै रकम असुल्दै चितवन प्रहरी
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २३:४८:२४
१७ कार्तिक, चितवन । सुचना संकलनको उपनाम दिएर चितवन प्रहरीले दुईजना बदनाम प्रहरीलाई सादा पोशाकमा खटाएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले परिचालन गरेका घुमुवा प्रहरीमा तत्कालीन एसपी दीपक थापाले लखटेका घुमुवादेखि आफ्नै श्रीमतीले सिफारिस गरेकासम्म रहेका छन् ।
घुमुवा प्रहरीको नेतृत्व गर्दै आएका असई सिताराम खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयको निर्देशनमा सिरहा दरबन्दीमै रवाना गरिदिएपछि बिगत दुई सातादेखि नेतृत्वबिहिन भएको चितवन प्रहरीको घुमुवामा अहिले दर्जनौ बदनाम प्रहरीलाई परिचालन गरिएको छ ।यसरी घुमुवामा खटिने बदनाम प्रहरीमा असईद्वय सुरज रिमाल र ठाकुर पनेरु तथा जवानद्धयमा प्रहरी हवल्दार दीपक रावत र प्रहरी जवान संजयकुमार यादव रहेको बताइएको छ ।
त्यस्तै, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङको बिश्वासपात्र घुमुवामा महिला प्रहरी जवान कल्पना घिमिरे खटिएकी छिन् । आफ्नो नाम नखुलाउने सर्तमा चितवन प्रहरीका एक हवल्दार भन्छन् अहिले घुमुवामा खटिएकी महिला प्रहरी जवान घिमिरेलाई एसपी साबले आफ्नी श्रीमतीको सिफारिसमा घुमुवाको जिम्मेवारी दिनुभएको हो । उनी प्रश्न गर्छन्, बिभागको जिम्मेवार अधिकारी त्यसमाथि पनि चितवनको प्रहरी प्रमुख जस्तो ब्यक्तिले श्रीमतीको भनसुन र सिफारिसको आधारमा घुमुवा प्रहरीलाई परिचालन गर्नु हुन्छ कि हुँदैन ?
महिला प्रहरी जवान घिमिरेलाई घुमुवामा राख्नुको प्रमुख उद्देश्य नै आर्थिक चलखेल रहेको उनी ठोकुवा गर्छन् । स्रोतका अनुसार उनले बिभागले अह्राएको खटाएको भन्दा पनि एसपी गुरुङकी श्रीमतीकै सिफारिसका आधारमा मात्रै कामहरु गर्दै आएकी छिन् । एसपी गुरुङको श्रीमतीसँग महिला प्रहरी जवान घिमिरेको सम्बन्ध कस्तो छ भन्ने उनको फेसबुकमा अपलोड गरिएको फोटोले समेत पुष्टि गर्छ ।
यता, स्रोतका अनुसार घुमुवाको नेतृत्व अहिले असईद्वय सुरज रिमाल र ठाकुर पनेरुले गरिरहेका छन् । यी मध्य पनेरुले चोरी शाखा हेर्दै आएका छन् भने, रिमालले क्राइम हेर्दै आएका छन् । जुनियर प्रहरी शिक्षालय तालिम केन्द्रबाट भर्खरै पास आउट भएर रिमाल चितवन प्रहरीमा प्रवेश गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व सम्हाले लगत्तै उनी घुमुवाको इन्चार्ज बन्न सफल भएको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार उनको कमान्डमा अहिले चितवन प्रहरीले एक दर्जन भन्दा बढी घुमुवा प्रहरीहरुलाई खटाएका छन् । जसमा दुई जना असई र दुई जना हवल्दारसहित बाँकी अन्य प्रहरी जवान रहेको बताइएको छ ।
दशैंतिहारको बेलामा कुनैपनि अपराधिक घट्ना हुन नदिन घुमुवा प्रहरीलाई खटाएको दाबी चितवन प्रहरीले जति गरेपनि त्यस भित्रको रहस्य असुली नै हो, एक प्रहरी नायब निरीक्षक भन्छन्, बिभागले घुमुवा प्रहरीलाई अपराधिक घट्ना न्युनीकरण गर्न खटाएकै हो भने, बदनाम प्रहरीलाई किन घुमुवामा परिचालन गरियो त ?
उनी थप्छन्, भर्खरै पास आउट भएर आएको प्रहरीलाई समेत यहाँ घुमुवामा राख्ने काम गरिएको छ । जबकी उनलाई जिल्लाको अवस्था के कस्तो छ, घुमुवा प्रहरीले के कसरी काम गर्नुपर्छ ? भन्ने जानकारी नै हुँदैन, यस्तो अवस्थामा रिमाललाई घुमुवामा राख्नु उचित हुन्छ कि हुँदैन ? उनले ठोकुवा गर्दै भने, जिल्लामा अहिले परिचालित घुमुवा प्रहरी बदनाम छन् । एकपटक उनीहरुको रेकर्ड हेरे पनि थाहा हुन्छ, उनले भने ।
उसो, त चितवन जुवाको अखडाका रुपमा चिनिन्छ । यहाँको मंगलपुर, शिवनगर लगायत क्षेत्रहरुमा दिनहुँजसो जुवाजन्य गतिविधि हुँदै आएपनि चितवन प्रहरीले सफलता हात पार्न सकिरहेको छैनन् । बिगतका समयमा तत्कालीन प्रहरी प्रमुखहरुले यही चाडपर्वको समयमा ठूलो मात्रामा जुवासहित मानिसहरुलाई पक्राउ गर्ने गर्थ्यो । तर, एसपी गुरुङ आएपछि भने उक्त सफलता हात पार्न सकिरहेका छैनन् । सेटिङ नमिलेका र लाइन मिलाउन नसक्ने एकाध मान्छेलाई मात्रै पक्राउ गरि मुद्दा चलाउने गर्दै आइरहेको चितवन प्रहरी स्रोत बताउँछ ।
त्यस्तै, जिल्लामा अहिले आईपीएल प्रीमियर लिगको सट्टाबाजी समेत भइरहेको स्रोतले बताएको छ । सट्टाबाजी गर्नु र गराउनु अपराध हो । तर, त्यस्मा समेत चितवन प्रहरीले केही हात पार्न सकिरहेको छैन । उता , चितवनको नारायणगढमा रहेका ट्रान्सपोर्टसँग समेत रकम लिएर छाड्ने कार्य हुँदै आएको स्रोतले बताएको छ ।
चितवन प्रहरीको नेतृत्व गरेका तत्कालीन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ल विवादमा तानिएपछि डेढ महिनासम्म रिक्त रहेको चितवनको प्रहरी प्रमुखमा एसपी नान्तीराज गुरुङले जिम्मेवारी पाएपनि उनी नियुक्ति भई आएदेखी नै एकपछि अर्को गर्दै विवादमा तानिदै आएका छन् ।
चितवनमा प्रहरी नेतृत्व फेरिएपछि मानिसमा प्रहरी प्रति हेर्ने दृष्टि फरक हुन्छ भन्ने सोचाइ थियो । तर, एसपी गुरुङले जिल्लाको नेतृत्व सम्हालेपछि केही बदनाम प्रहरीका कारण बेलाबेलामा चितवन प्रहरी विवादमा तानिदै आएको छ ।
को हुन बदनाम प्रहरी ?
जिल्ला प्रहरी कार्यालय चितवनको एक प्रहरी स्रोतले दिएको जानकारी अनुसार घुमुवामा खटिएको भनिएको प्रहरी हवल्दार दीपक रावत बदनाम प्रहरी हुन् । प्रहरी जवानदेखी चितवन प्रहरीमा नै कायारर्त उनी यहिं बढुवा भई थमौती हुन सफल भएका भाग्यमानी प्रहरीका रुपमा चिनिन्छन् । प्रहरी जवानबाट प्रहरी हवल्दार बढुवा भइसकेपछि पनि उनको सरुवा र बढुवा यहिंं नै भयो ।
स्रोतका अनुसार तत्कालीन एसपी दीपक थापाले उजुरी छानबिन शाखामा हुँदा आर्थिक चलखेल गरेको गुनासोका आधारमा उनलाई दरबन्दी भएकै स्थान अर्थात वर्डा प्रहरी कार्यालय नारायणगढ पठाएका थिए । पछि एसपी दीपक थापाको सरुवा भएलगत्तै उनी जिल्ला प्रहरी कार्यालय चितवनमा आई कन्ट्रोल ड्युटी गर्दै आएका थिए ।
पछि उनले क्यान्टिङ समेत चलाए । डेढ बर्षसम्म क्यान्टिन चलाएका उनलाई उनका बिगतका कर्तुत समेत नहेरी चितवन प्रहरीले घुमुवामा परिचालन गरेको छ । स्रोत भन्छ, अहिले परिचालित हवल्दार रावत कस्तो मान्छे हो, उनका कर्तुत के कस्तो छ त्यस्को समेत सामान्य लेखाजोखा नगरी घुमुवामा राख्न सक्नेले एकपटक प्रशासन फाँटमा अथवा पुराना प्रहरी कर्मचारीसँग बुझे पनि हुन्छ ।
पछिल्लो समय चितवन प्रहरी भित्र बढेको बेथितीका बिरुद्व उजुरी तथा गुनासोका चाङ्ग प्रहरी प्रधान कार्यालयसम्म पुगेको हेड्क्वाटर स्रोत बताउँछ । यस बिषयमा हेड्क्वाटरले अब छानबिन गर्छ कि गर्दैन भने त्यो हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार