१८० करोडको लागतमा बहुउद्देश्यीय कुखुरा फार्मको स्थापना: बिद्युत, अर्गानिक मल र बाँयोग्यास पनि उत्पादन हुने
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ सोमबार ०:५०:३२
२८ मंसिर, जनकपुर । अण्डा उत्पादनमा विदेशी परनिर्भरता हटाई स्वदेश मै आत्मनिर्भर बनाउने उद्देश्यले धनुषाको धारापानीमा एक अर्ब ८० करोडको लागतमा अत्याधुनिक बहुउद्देश्यीय कुखुरा फार्म संचालनमा आउने भएको छ । जनकपुर एग्रो फार्म प्रालिले धनुषाधाम–९ स्थित धारापानीको करिब १२ बिगाहा क्षेत्रफलमा कुखुरा फार्म सञ्चालनमा ल्याउन लागेको हो ।
गत शुक्रबार सफल उद्यमी खुमाप्रसाद अर्यालले एक भव्य कार्यक्रमका बीच योजना शिलान्यास तथा भूमि पुजा कार्यक्रम सम्पन्न गरी उक्त कृषि परियोजनाको शुभारम्भ गरिएको छ । यो कुखुरा फार्म नेपालकै सबैभन्दा ठूलो भएको सञ्चालक शोभाकान्त ढकालले जानकारी दिए । उनले फार्ममा ६ लाख कर्मशियल लेयर्स कुखुरा पालन गरि दैनिक ५ लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको बताए ।
कृषि विकास बैंकको हालसम्मकै ठूलो लगानी
बहुउद्देश्यीय कृषि परियोजनाको रुपमा सञ्चालन हुन लागेको यस फार्मले अण्डाका साथसाथै अर्गानिक कृषि मल, बिद्युत तथा बाँयोग्यास पनि उत्पादन गर्ने लक्ष्य लिएको छ । परियोजनाबाट एक मेगावाट बिद्युत उत्पादन तथा बाँयोग्यास ( एलपीजी खाना पकाउने ग्यास) एवं कृषक ब्राण्डको अर्गानिक मल पनि उत्पादन गर्ने लक्ष्य लिईएको अध्यक्ष खुमा अर्यालले नेपालबहस डटकमलाई बताए । बहुआयामिक यस उद्योगबाट केही पनि खेर नजाने गरी मल्टी डाईमेन्सन प्रोजेक्टका रुपमा अघि बढाईने उनले जानकारी दिए ।
सहवित्तीयकरण कर्जा अन्तरगत कुल १८० करोडको लागतमा निमार्ण सम्पन्न हुने यस फार्ममा कृषि विकास बैंकको नेतृत्वमा १३७ करोड ऋण लगानी रहेको छ । जसमा ५५ प्रतिशत कृषि विकास बैंक र ४५ प्रतिशत नेपाल बैंक लिमिटेडको ऋण लगानी हुनेछ । कृषि परियोजना कर्जाको रुपमा ७० प्रतिशत अर्थात कृषि विकास बैंकको करिब ८० करोड र नेपाल बैंकको ५७ करोड लगानी छ भने बाँकी ३० प्रतिशत सञ्चालकहरुको लगानी रहेको छ । कृषि विकास बैंकले कृषि क्षेत्रमा गरेको यो लगानी सम्भवत अहिलेसम्मकै ठूलो ऋण भएको बताइएको छ ।
कृषि क्षेत्रको नमुना परियोजना, रोजगारीको सिर्जना
पछिल्ला बर्षहरुमा सरकारको प्राथमिकता प्राप्त क्षेत्रको रुपमा विकास हुँदै आएको व्यवसायिक कृषि परियाजनाको हकमा यो नमुना परियोजनाको रुपमा रहेको छ । उत्पादनमुलक उद्योगका रुपमा सरकारलाई राजश्वमा दिने योगदान मात्र नभएर स्वदेशमै रोजगारी सिर्जना गर्नमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ । केही बर्ष पहिले भारत लगायतबाट कमसल गुणस्तरको अण्डा तथा मासु आयात हुने गरेको नेपालमा पछिल्ला बर्षहरुमा भने स्वदेशी उत्पादनले नै बजार धानेको छ ।
पशु सेवा विभागको तथ्याङ्क अनुसार नेपालमा दैनिक ३० लाख अण्डा उत्पादन र खपत हुने गरेको छ । अण्डाको खपत यति नै छ भन्ने एकिन तथ्याङ्क नभएपनि अण्डा तथा मासुको उपयोग दैनिक रुपमा बढ्दै जान थालेको छ । अण्डामा हुने केही पोषकतत्वहरु अन्य कुनै पनि चीजमा नपाईने हुनाले पनि नेपालीहरुको हरेक भान्सामा यसको उपभोगको दर बढ्न थालेको हो । थोरै मुल्यमा मानिसले अधिकतम न्यूट्रीशन पाउने हुनाले पनि यसको उपयोग दर बढिरहेको पाइएको छ ।
निमार्ण अवधि एक बर्ष, दुईबर्षमा फुल अप्रेशनमा आउने
प्रदेश नं. २ को राजधानीका रुपमा रहेको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा सञ्चालनमा आउन लागेको यो परियोजनाकाे निमार्ण भूमि पुजापछि शुरु भैसकेको छ । निमार्णका लागि नक्सा पास, ठेकेदारको छनोट र फाइनान्सियल क्लोजर समेत भैसकेको सञ्चालक शोभाकान्त ढकालले बताए । एक बर्षभित्रमा निमार्ण सम्पन्न भएपनि पूर्णरुपमा सञ्चालनमा आउन भने दुईबर्ष जति लाग्ने ढकालले जानकारी दिए ।
कर्मशियल लेयर्स फार्मको हकमा नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो भएको दावी गर्दै उनले परियोजनबाट २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पनि पाउने बताए । ‘उच्चस्तरीय प्रविधिको प्रयोग गरेर पुर्ण स्वचालित प्रविधिबाट वातानुकुलित अण्डा उत्पादन हुनेछ,’ उनले भने,‘ अण्डाको अत्याधिक माग भैरहेकोले त्यसको माग पुरा गर्न यो योजनाले धेरै हदसम्म सहयोग गर्नेछ ।’
यही समुहले स्याङ्जामा पनि करिब एक अर्बको लागतमा अत्याधुनिक कुखुरा फार्म सञ्चालनमा ल्याईसकेको छ । खिलुङकालिका एग्रो फार्मको नाममा ४ बर्ष अगाडि शुरु भएको सो फार्मबाट आफुहरु थप उत्साहित भएको ढकालको भनाई छ । सरकारलाई बार्षिक करोडौं राजश्व बुझाएको मात्र होइन स्थानीय स्तरमा रोजगारी सिर्जना एवं अन्य क्षेत्रमा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने काममा ठूलो योगदान पनि यही समुहले गरिरहेको छ ।
चार्टर्ड एकाउन्टेण्ट समेत रहेका खुमा अर्यालको नेतृत्वमा रहेको यो समुहको ४ वटा मेडिकल कलेज तथा अस्पताल, हाइड्रोपावर लगायतमा पनि अर्बौको लगानी रहेको छ । लगानीलाई विविधीकरण गर्दै स्वदेश मै रोजगारी सिर्जना गर्ने आफ्नो उद्देश्य रहेकोले राज्यले प्राथमिकता तोकेको कृषि क्षेत्रमा लगानी गरिएको अध्यक्ष अर्यालले बताए । छिट्टै स्याङ्जाकै राम्दीमा बृहतस्तरको कुखुराको दाना उत्पादन गर्ने अर्को उद्योगको अन्तिम तयारीमा रहेको अर्यालले जानकारी दिए ।
मेडिकल कलेजमा लगानी गर्दै आएका खुमाप्रसाद अर्याल, भेषराज अर्याल र शोभाकान्त ढकालको लगानीमा यो फार्म स्थापना भएकाे हो। अर्यालको भैरहवा मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा प्रत्यक्ष लगानी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार