अविरल वर्षासँगै पहिरोबाट सिङ्गो गाउँ नै विस्थापित !
नेपालबहस संवाददाता
साउन १२, २०७६ आइतबार १८:३५:३९
पशुपतिनगर । लगातारको वर्षापछि इलामको सन्दकपुर गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर–५ को गहिरगाउँका घरभित्र चिरा परेपछि १२ घर विस्थापित भएका हुन् ।
सिङ्गो गाउँ नै पहिरोले तानेको र स्थानीयवासीका घरभित्र चिरा परी पानी उम्रिएपछि विस्थापित भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । पहिरोबाट सन्दकपुर–५ का पूर्णबहादुर गुरुङ, जीतकुमारी गुरुङ, लाखमान तामाङ, माया गुरुङ, रमेश गुरुङ, सूर्यबहादुर गुरुङ, नीरबहादुर गुरुङ, रामबहादुर गुरुङ, धर्मध्वज गुरुङ, नेत्रबहादुर गुरुङ, यामबहादुर गुरुङ र बेदबहादुर कार्कीको घरभित्र चिरा परेकाले शनिबार राहत रकम र सामग्री वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयसहित विभिन्न संस्थाले पीडितलाई नगदसहित बन्दोबस्तीका सामग्री शनिबार हस्तान्तरण गरेका छन् । विस्थापित १२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही पाँच हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।
यस्तै रेडक्रसले त्रिपाल, कपडा, भाडावर्तन, बाल्टी र डोरी वितरण गरेको छ । जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तिमल्सिना, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हीरा पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्का र रेडक्रसका प्रतिनिधिलगायतको उपस्थितिमा विस्थापितको अवस्था र पहिरो क्षेत्रको अनुगमन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने
माघ ११, २०८१ शुक्रबार
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
मिरोज अहमद अखिल 'क्रान्तिकारी' को केन्द्रीय सचिव 'मुस्लिम' पदमा निर्विरोध निर्वाचित
माघ ११, २०८१ शुक्रबार