उत्तर कोरियाद्वारा बिहानै दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १३:१०:२०
एजेन्सी । उत्तर कोरियाले बुधबार बिहानै दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियालो पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ ।
उत्तर कोरियालो होडो प्रायद्विपबाट मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको जाइन्ट चिफ अफ स्टाफ ‘जेसिएस’ ले बताएको छ । उत्तर कोरियाले यस सम्बन्धमा केही बताएको छैन । जापानको रक्षा मन्त्रालयले आफ्नो क्षेत्रमा कुनै पनि ब्यालेस्टिक मिसाइल आइनपुगेको बताएको छ।
उत्तर कोरियाले बुधबार बिहान प्रक्षेपण गरेको मिसाइल यसअघिका भन्दा भिन्न रहेको जेसिएसले उल्लेख गरेको छ । उत्तर कोरियाले गएको हप्ता छोटो दूरीका दुई मिसाइल प्रक्षेपण गरेको थियो ।
गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच डिमिलिटराइज्ड क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा भएको वार्तापछि प्रहार भएको पहिलो मिसाइल थियो त्यो । उत्तर कोरियाले त्यसपछि दोस्रोपटक मिसाइल प्रहार गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार