विकासमा गति लिदै भीरकोट :- फोहोर संकलन केन्द्रसँगै पार्क निर्माण हुने
इन्द्र रिजाल
साउन १५, २०७६ बुधबार २३:२०:२७
स्याङ्जा । स्थानीय तह निर्माणसँगै कर, सेवा शुल्क र अनेक बहानामा अतिरिक्त शुल्क लागेपछि संघीयता प्रति नकारात्मक धारणा बनेको समाजमा स्याङ्जाको भीरकोट नगरपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनामा लोकप्रिय बन्दै गएको छ । नगरपालिका घोषणा भएपछि भएका विकास निर्माणका कामले भीरकोट नगरवासीबीच लोकप्रिय बन्दै गएको हो ।
नगरपालिकाले करिब ४० लाखको लागतमा फोहोर संकलन केन्द्र र ६० लाखको लागतमा पार्क निर्माण गर्ने भएको छ । संकलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ, भने पार्क निर्माणको तयारीमा छ । झण्डै तीन महिनाभित्र पार्क संचालनमा ल्याउने गरी काम गर्ने अन्तिम तयारी गरिएको छ ।
“बजार क्षेत्रमा संकलित फोहोरलाई केन्द्रमा ल्याएर वर्गिकरण गरेर बिक्री गर्ने योजनामा बनाएका छौं ।” नगर प्रमुख छायाँराम खनालले भने, “फोहोरलाई कुहिने र नकुहिने तथा बिक्री हुने र नहुने गरी छुट्टाएर व्यवस्थित गर्न लागिएको छ ।” नगरपालिकाले विगतमा फोहोर बिक्री गरेर आम्दानी गर्न सफल भएको खनालले सुनाए ।
करिब ८ रोपनी क्षेत्रफलमा फोहोर संकलन केन्द्र बनाईएको छ, भने १२ रोपनी जग्गामा पार्क निर्माण गरिनेछ । फोहोर संकलन केन्द्र स्वभाविक रुपमा दुर्गधित हुन्छ भन्ने आममान्यतालाई हटाउन समेत केन्द्रसँग जोडिएकै जग्गामा पार्क निर्माण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
भीरकोट नगरपालिका ४ स्थित आँधीखोला किनारमा संकलन केन्द्र बनाएको र अत्याधुनिक पार्क निर्माण थालिने नगर उपप्रमुख सिमा कर्माचार्य के.सी.ले बताईन् । “डीपीआर तयार भएको छ, करिब तीन महिनाभित्रमा पार्क निर्माण गरिने छ ।” उपप्रमुख के.सी.ले भनिन्, “फोहोर केन्द्र दुर्गन्धित बन्छ र पार्क निर्माण हुदैन भन्ने सोचलाई अन्त्य गर्न एउटै जग्गामा केन्द्र र पार्क निर्माण गर्न लागिएको हो ।”
प्रारम्भिक चरणमा पार्क संचालनमा ल्याएपनि पार्कलाई अत्याधुनिक बनाईने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार पार्क निर्माण स्थालबाट भीरकोट नगरपालिका ५ पकान फाँट जोडन आँधीखोला माथि बेलीब्रिज बनाईने छ । बालबालिकालाई फर्न पार्क, पर्यटकलाई बेलीब्रिज र समूहमा घुम्न आउनेलाई पिकनिक खान पाउने व्यवस्था गरिने छ ।
“भीरकोट नगरपालिकाले पछिल्लो २ वर्षमा झण्डै ८ करोडको लागतमा थालेको सुविधा सम्पन्न भवन अन्तिम चरणमा पु¥याएको छ ।” नगर प्रवक्ता तथा वडा १ का अध्यक्ष दीपेन्द्र के.सी.ले भने, “बयरघारीमा बसपार्क संचालनमा ल्याएका छौं ।” छोटो समयमा नगरका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल र प्रत्येक वडा कार्यालयमा एकीकृत ंसम्पत्ति कर बुझाउन सकिने प्रविधिको विकास गरिएको प्रवक्ता के.सी.ले बताए ।
घरमा हुने सुत्केरीलाई शुन्यमा झार्ने योजना अनुसार नगरका प्रत्येक गर्भवती महिलालाई दिनको एक अण्डा अभियान संचालन गरेको नगरपालिकाले निर्माणाधिन भौतिक संरचनालाई अपाङ्ग मैत्री बनाउने अभियान संचालन गरेको छ ।
विपन्न परिवारलाई आर्थिक क्षमता बढाउन बाख्रा, कुखुरा, भेडा, बंगुर, र एक घर एक करेसाबारी तथा प्रत्येक घरमा कम्तिमा एक फलफूल लगाउन ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको प्रवक्ता के.सी.ले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार