नेप्सेमा सामान्य अङ्कको गिरावट
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार २२:३३:२७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ ।
कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९मा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । निर्जीवन बीमा ३.५५, लघुवित्त १५.६३ र जीवन बीमा २०.८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन ।
यस्तै बैंकिङ ३.६८, होटल १२.३९, विकास बैंक १.०७, जलविद्मुत ०.८३, उत्पादन २.४७, अन्य २.९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए भए पनि विवरण उल्लेख छैन ।
कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ५२ लाख २८ हजार ६६७, मुक्तिनाथ विकास बैंकको रु एक करोड ७९ लाख ६६ हजार ३५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको रु एक करोड ७० लाख ८२ हजार २५५, र प्रभु बैंकको रु एक करोड ६८ लाख दुई हजार ५४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९.९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए ।
त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार