अमेरिकी वायुसेवा कम्पनीका दुई विमानचालक पक्राउ
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १८:७:१८
एजेन्सी । अमेरिकी वायुसेवा कम्पनी युनाइटिड एअरलाइन्सका दुई विमानचालक मादक पदार्थ सेवन गरेका कारण पक्राउ परेका छन् ।
दुई विमान चालक मादक पदार्थ सेवन गरेर विमान उडाउन जान लागेका बेला ग्लास्गो विमानस्थल बाट उनीहरु पक्राउ परेका हुन् ।
पैँतालीस र ६१ वर्षीय विमानचालकहरूलाई कुनै पनि अभियोग भने नलगाइएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । प्रहरी हिरासतमा रहेका उनीहरू मङ्गलवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।
स्कटल्यान्ड प्रहरीले आफूहरूलाई विमानस्थल बोलाइएको पुष्टि गरेको छ। यूए १६२ ले उडान गर्नुअघि त्यसका चालकहरू पक्राउ परेका हुन्।
सन् २०१७ मा पनि युनाइटिड एअरलाइन्सकै दुई विमानचालकलाई मदिरा सेवन गरेको आरोपमा ग्लास्गो विमानस्थलबाटै नियन्त्रणमा लिई जेल चलान गरिएको थियो।
त्यतिखेर ३५ वर्षीय पल ग्रेबेन्सलाई १० महिना जेल सजाय सुनाइएको थियो भने उनका सहकर्मी ४५ वर्षीय कार्लोस अक्टोबर लीकोनालाई १५ महिना सजाय तोकिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार