मुख्यमन्त्रीज्यु, हाम्रो मर्यादाक्रम खोई ?
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २२:५३:१६
पोखरा । स्थानीय तहका वडा अध्यक्षहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन्। मुख्यमन्त्रीसँग भेटका क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएरसमेत सरकारले आफूहरुलाई मर्यादाक्रममा नराखेको भन्दै गुनासो गरेका थिए।
‘हाम्रो हैसियत के हो ?’, उनीहरुले मुख्यमन्त्रीलाई प्रश्न गरे। गृह मन्त्रालयको मर्यादाक्रममा वडा अध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही उल्लेख छैन । उनीहरुले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि व्यवहारिक कठिनाई देखिएको विषयसमेत मुख्यमन्त्री गुरुङसँग राखेका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई भएको वडा अध्यक्षहरुको भनाई छ।
जवाफमा मुख्यमन्त्री गुरुङले पनि नयाँ मर्यादाक्रममा वडा अध्यक्षहरुलाई अन्याय भएको बताएका थिए। ‘वडा अध्यक्ष मात्रै नभएर प्रदेश नीति तथा योजना आयोग जस्ता अन्य सरकारी निकायबारे मर्यादाक्रम बेखबर छ,’ मुख्यमन्त्री गुरुङले भने।प्रदेशले संघीय सरकारसँग यसबारेमा कुरा उठाइरहेको जानकारी दिँदै गुरुङले यो अवस्था चाँडै अन्त्य हुने बताए।
जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुनेमा उनले सचेत गराए । वडा अध्यक्षहरुले वडामा आउने बजेट चालुतर्फको मात्र बढी हुने भएकोले विकासको काममा कठिनाई भइरहेकोसमेत बताएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार