बडिखेलमा ५५ फिट अग्लो तपेश्वर महादेवको मूर्ति बनाइने
नेपालबहस संवाददाता
साउन २१, २०७६ बुधबार १:४:१५
ललितपुर । गोदावरी नगरपालिका–४ बडिखेल वनमा तपेश्वर महादेवको ५५ फिट अग्लो धातुको मूर्ति निर्माण गरिने भएको छ । बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तपेश्वरमा महादेव परिसरमा मूर्ति निर्माण गरिन लागेको हो ।
नेपाल र भारतका कालीगढले मूर्ति निर्माण गर्ने गोदावरी–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिएका छन्। बडिखेलमा तपेश्वर महादेवसँगै सेतो गणेश, सेतीदेवी, कुमारी, राम मन्दिर, धनेश्वर महादेव, कृष्ण मन्दिरलगायत संरचना निर्माण गरिएका छन् । सो वडाले वृक्षरोपणको कामसमेत अघि बढाएको छ ।
बडिखेलका पहरी जातिले तपेश्वर महादेवको हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन पूजा गरी बत्ती बाल्ने परम्परा छ । फुल्चोकी पहाडको पश्चिम भागमा तपेश्वर महादेवको ककारो अवस्थित छ । कोड्कु खोलाको दायाँतर्फ तपेश्वर महादेवको दर्शन गर्न पाइन्छ । तपेश्वरको बायाँपट्टि बाख्रे ओडार छ । घाँस दाउरा गर्न जानेहरु उक्त ओडारमा घामपानी छल्छन् ।
तपेश्वरमा बाघे ओडार पनि छ । स्थानीय ७० वर्षीया सरस्वती आचार्य घरमा गाई ब्याउँदा तपेश्वर महादेवलाई दूध चढाएर मात्र खाने चलन रहेको बताछिन् । तपेश्वर वनमा बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरसमेत देख्न पाइन्छ । दुई दशकअघि तपेश्वर गुफामुनि ढुङ्गाखानी सञ्चालनमा थियो । त्यो बेला धेरै दुःख कष्ट र नोक्सानी बेहोर्नुपरेको स्थानीयवासी गौरी पहरीले बताइन्।
ढुङ्गा ल्याई टोलमा मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ । “मूर्ति स्थापनापछि हालसम्म कोही कसैलाई हानि भएको छैन”, स्थानीयवासी झलकमान पहरीले भने। तपेश्वर महादेव गुफाको दायाँतर्फ भैरवको गुफा छ । यहाँ दशैँ र चैतमा भैरवलाई कुखुरा र बोकाको भोग दिएर पूजाआजा गरिन्छ । आर्थिक वर्ष २०७६÷७७ मा गोदावरी नगरपालिकाबाट तपेश्वर मूर्ति निर्माण र स्थापनाका लागि रु ५० लाख, प्रदेशसभाबाट रु एक करोड र डा जगदिशलाल वैद्यबाट रु २५ लाख सहयोगको घोषणा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार