कानुन विपरित जिल्ला समन्वय समिती अध्यक्षबाट शपथग्रहण
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १६:१८:४५
स्याङ्जा । शिक्षण पेसालाई आफैमा मर्यादित र आदर्श पेसाको रुपमा लिइन्छ । देशैभर शिक्षक सेवा आयोगको परिक्षामा उत्कृष्ट हुदै विभिन्न शिक्षकहरुले नियुक्ती लिदैछन । कानुनतः शिक्षक सेवा आयोगको परिक्षा पास गरेका शिक्षकहरुलाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ ले शपथ खुवाएर मात्र नियुक्ती दिन्छ । शिक्षकलाई जिल्ला शिक्षा अधिकारी वा इकाई प्रमुखले शपथ ग्रहण गराएर नियुक्ती दिने कानुनतः प्रावधान रहेपनि यता स्याङ्जामा भने यस्तो नभएको पाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्गजाले मंगलबार नियुक्तीपत्र वितरण तथा शपथग्रहण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नयाँ नियुक्ती हुने ३५ जना शिक्षकहरुलाई शपथग्रहण सहित नियुक्तीपत्र वितरण गरियो तर शपथ ग्रहण भने कानुन विपरित जिल्ला समन्वय समिती अध्यक्ष सिता सुन्दासले गराएको कुराले यतिबेला चर्काे आलोचना भइरहेको छ । शिक्षा ऐनलेनै निर्दिष्ट शिक्षा ईकाई प्रमुखले गराउनु पर्ने शपथ जनप्रतिनीधीले गराएको र अनावश्यक रुपमा राजनिती गर्न खोजेको सरोकारवालाहरुको आरोप छ ।
यता शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले भने कानुनले त आफुलाई अधिकार दिएको तर जिसस प्रमुख भएकोले उनीबाट गराएको बताएका छन् ।
शिक्षा इकाई प्रमुख पौडेललाई सम्पर्क गर्दा उनले भने ‘‘ कानुनतः त मैले नै गराउनुपर्ने हो तर प्रमुख जिल्ला अधिकारी र जिसस प्रमुखको उपस्थिती रहेकाले मेरो रहोवरमा म सचिव भएको कारण उहाँबाट गराइएको हो । ’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार