नेप्से परिसूचक ओरालो : कारोबार रकममा भारी गिरावट
नेपालबहस संवाददाता
साउन २३, २०७६ शुक्रबार ०:४:४१
काठमाडौं । धितोपत्र बजारमा बिहीबार आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो ।
त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ । परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।
कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५.५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषका शेयर ०.०२ अङ्कले घटेको छ ।
स्टकका अनुसार कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ७९ लाख ९९ हजार १८१ मा खरिदबिक्री भयो । यसैगरी सान्जेन जलविद्युत् कम्पनी रु पाँच करोड १३ लाख सात हजार ५३७, नेपाल बैंक लिमिटेड रु दुई करोड ३३ लाख १३ हजार २६०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ९२ लाख ४४ हजार ६४७ र सिभिल बैंकको संस्थापक शेयर रु एक करोड ७७ लाख ६० हजार ७०० मा खरिदबिक्री भए ।
घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.७१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फण्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले १.५३ प्रतिशतले कमाए ।
यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार