कश्मीर विवादले ईदमा सुरक्षाव्यवस्थामा कडा
नेपालबहस संवाददाता
साउन २७, २०७६ सोमबार १४:५४:२
काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा सोमबार आज मनाइँदै छ। आजबाट सुरु हुने ईद-उल-अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्।
अहिले भारतप्रशासित कश्मीरको मुख्य सहर श्रीनगर पुन: पूर्ण बन्दको अवस्थामा रहेको अन्तराष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
गत दुई दिनयता कर्फ्यू खुकुलो पारिएको पारिएको थियो। तर अहिले कुनै कारण उल्लेख नगरीकन कडिकडाउ गरिएको छ। आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्। उक्त विवादका कारण फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ।
बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद-उल-अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए।जम्मू-कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारतप्रशासित कश्मीरको अवस्थामा परेको छ।
सोमवार त्यहाँ ईद पर्व छ र प्रशासनले कतिपय इलाकामा कर्फ्यू खुकुलो पारेको थियो। त्यहाँस्थित बीबीसी संवाददाता आमीर पीरजादाले कर्फ्यू खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको बताएका थिए।
उनले भने, ‘सोमवारको ईदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए। गाडी चलेका थिए।’ आइतवार झन्डै १२ बजेसम्म सडकमा निकै आवतजावत रहेको र कतिपय स्थानमा त ट्राफिक जाम पनि भएको उनले बताए।
‘सुरक्षाबलले फेरि सडकमा ब्यारकेड अवरोध खडा गर्न थाले र मानिसको चहलपहल स्वात्तै घट्यो,’ पीरजादाले बताए।त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्रायस् बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन।
शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थनापश्चात् विरोधप्रदर्शन भयो। तर भारत सरकारले अवस्था नियन्त्रणमा रहेको र कतैपनि ठूलो विरोधप्रदर्शन नभएको बताएको छ। जम्मू-कश्मीर प्रहरीले ट्वीट गरेर प्रहरीका तर्फबाट एउटा पनि गोली नचलाइएको बताएको छ।
प्रहरी प्रमुखले एक विज्ञप्ति जारी गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कश्मीरमा गोली चलेको समाचार प्रसारण गरेको भएपनि त्यो पूरै गलत भएको जनाएका छन्। यस्तो वातावरणमा अब त्यहाँ ईद कसरी मनाउने भन्ने प्रश्न उठेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार